मानवबेचबिखनविरुद्धको अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै डीएसपी पन्थीलाई अवार्ड

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत् डीएसपी गोविन्द पन्थीलाई मानवबेचबिखनविरुद्ध काम गर्ने भारतको एउटा सामाजिक संस्थाले अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरेको छ ।

‘किन इण्डिया’ नामक संस्थाले २०२३ मा मानवबेचबिखन नियन्त्रणको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै अवार्ड दिएको हो । यो संस्थाले भारतमा बेचिएका नेपालीलाई उद्दार गर्न सहयोग गर्दै आएको छ ।

संस्थाका अध्यक्ष नवीन जोशी र सल्लाहकार इन्द्रराज भट्टराईसहितको टोलीले उनलाई अवार्ड हस्तान्तरण गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरको उपस्थितिमा अवार्ड हस्तान्तरण गरिएको थियो ।

पन्थी उपत्यका अपराध अनुसन्धान कार्यालयमा काम गर्नुअघि प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत् थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयमा उनी अहिले वैदेशिक रोजगारीका नाममा हुन ठगी सम्बन्धी अपराध अनुसन्धान गर्ने जिम्मेवारीमा छन् ।

भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको मानव तस्करीको प्रारम्भिक अनुसन्धान समेत उनले नै गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?