सन्धिखर्क १० मा नवनिर्मित देशान्तरि तथा मालिका मन्दिरमा पुजा आरम्भ

अर्घाखाँची ।  सन्धिखर्क नगरपालिका वाड नम्बर १० मा नवनिर्मित देशान्तरि तथा मालिका मन्दिरमा पुजा आरम्भ गरिएको छ ।

मन्दिरका पुजारी तथा भक्तजन साथै पञ्चेबाजा सहित मुर्ति प्रतिस्थापन गरि पुजा आरम्भ गरिएको हाे । कार्यक्रममा वैदिक बिधिपुर्बक पुजाआजा संगै रिबन काटेर उद्घाटन समेत गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख जिबनारायण काेइरालाले रिबन काटी औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै कोइरालाले वैदिक सनातन धर्म र यसको सम्बर्द्धनमा सबै लाग्नुपर्ने बताए । सामाजिक तथा धार्मिक ब्यक्तित्वो नारायण खनालले ९० प्रतिशत भन्दा बढि हिन्दु समाज रहेको नेपाललाइ धर्मनिरपेक्ष बनाउनु गलत भएको भन्दै हिन्दु राज्य घोषणा गर्न सबै नेपालीले आवाज उठाउनु पर्ने बताए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण श्रेष्ठ, उपप्रमुख मिस्रा आचार्य, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल, शसस्त्र प्रहरी बलका प्रमुख, प्रहरी निरीक्षक लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रम वडा अध्यक्ष मोहनसिंह ठकुरीको अध्यक्षता हेमराज भुसालको स्वागत मन्तव्य तथा नेत्र मरासिनीको सन्चालनमा सप्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?