इपीएसको भाषा परीक्षा आजदेखि, दैनिक ५ सिफ्टमा सञ्चालन हुने

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा आजदेखि पाँच सिफ्टमा सञ्चालन गरिँदै छ।

दक्षिण कोरिया उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अपेक्षाभन्दा दोब्बर परेकाले परीक्षाको सिफ्ट सङ्ख्या बढाउनु परेको इपिएस शाखाले जनाएको हो।

सो शाखाका अनुसार शाखाका निर्देशक मैयाँ कँडेलले यस पटक अपेक्षाभन्दा दोब्बर परीक्षार्थीको आवेदन परेकाले सोमबारदेखि प्रत्येक दिन पाँच सिफ्टसम्म परीक्षा सञ्चालन गर्न आवश्यक तयारी पूरा भएको जानकारी दिइन्।

इपिएस शाखा र कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेपालबाट ८० हजारको हाराहारीमा आवेदन पर्ने अनुमानसहित भाषा परीक्षाको व्यवस्थापनका लागि पूर्वाधार तयार गरेको तर अनुमान गरेभन्दा दोब्बर बढीको आवेदन परेपछि व्यवस्थापनमा समस्या भएको जनाइएको छ। इपिएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरिएकोमा एक लाख ६४ हजार बढीले आवेदन दिएका छन्।

शाखाका अनुसार इपिएस अन्तर्गत लिइने भाषा परीक्षा समयमा सम्पन्न गर्न र परीक्षा तालिका सार्वजानिक गर्ने विषयमा कोरियन पक्ष एचआरडी सँग छलफल भएको छ।

शाखाले दैनिक चार चरणमा आठ सयको दरले भाषा परीक्षा दिन सक्ने गरी पूर्वाधार तयार गर्दै आएको तर परीक्षार्थी धेरै भएकाले एक सिफ्ट थपेर पाँच सिफ्ट पुर्‍याउने तयारी भएको हो। यसअघि भैँसेपाटीस्थित परीक्षा केन्द्रमा ‘युविटी टेस्ट ट्याब’ जडान गरेर भाषा परीक्षा लिँदै आएको थियो।

इपिएस शाखाका निर्देशक कँडेलका अनुसार भाषा परीक्षामा एक लाख ६४ हजारभन्दा बढी सहभागी हुने भएपछि त्यहाँ रहेको पूर्वाधारले समयमा परीक्षा नसकिने भएपछि थप परीक्षा सामग्री माग गरेको बताइन्।

इपिएस शाखाका अनुसार पहिलो चरणमा ४७ हजार जनालाई सहभागी गराइने छ। त्यस्तै दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिने गरी एचआरडी कोरियाले कार्यतालिका बनाइसकेको छ। पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र तेस्रो चरणको परीक्षा हुने शाखाले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?