चुनावी गठबन्धन नगर्ने अडानबाट पछि हटेनन् गगन, देउवाको प्रयास विफल

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकका लागि महामन्त्री गगन थापाले तयार परेका सांगठनिक प्रतिवेदन संशोधनका लागि भएको छलफल बिनानिष्कर्ष सकिएको छ। महामन्त्री थापाले पार्टीले अब उप्रान्तका कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेर जानुपर्ने विषय प्रतिवेदनमा समेटेपछि त्यसलाई संशोधन गराउने संस्थापन पक्षको प्रयास विफल भएको हो।

सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको बैठकमा संस्थापन पक्षले दबाब दिए पनि महामन्त्री थापा आफ्नो अडानबाट टसमस भएनन्। महासमितिको उद्घाटनपछि फेरि बैठक बस्ने गरी बूढानीलकण्ठको बैठकबाट नेताहरू उठेको बताइएको छ।

वर्तमान सत्ता गठबन्धन भत्किने डरले संस्थापन पक्षले ‘प्रि–इलेक्सन एलायन्स’ नगर्ने संकल्प गर्ने महामन्त्री थापाको प्रस्तावप्रति आपत्ति जनाउँदै आएको छ। प्रतिवेदनबाट उक्त विषय हटाउन निरन्तरजसो सभापति देउवाले महामन्त्री थापालाई दबाब दिए पनि उनी पछि हटेका छैनन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?