नेपाल ए ले आज क्यानडा-११ सँग दोस्रो खेल खेल्दै

काठमाडौं । नेपाल ए ले आज क्यानडा-११ सँग दोस्रो खेल खेल्दै छ ।

खेल बिहान साढे ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ए ४ विकेटले पराजित भएको थियो ।

नेपालले आज पहिलो खेलमा मौका नपाएका खेलाडीहरुलाई मौका दिनसक्छ । स्पिनर शेर मल्ल, बायाँ हाते ब्याटर सुजन थपलिया, तीव्र गतिका बलर हेमन्त धामी र रिजन ढकाल पहिलो खेलमा बेन्चमा थिए । हेमन्त र रिजनले क्यानडासँग ओडीआई खेल खेलेका थिए । स्पिनर शेर र ब्याटर सुजन आज रोजाइमा पर्न सक्छन् ।

पूर्ण रुपमा फिट नहुँदा आशुतोष घिरैया पहिलो खेला टोलीमा थिएनन् । उनी फिट हुँदा मौका पाउने सम्भावना रहन्छ ।कप्तान विनोद भण्डारी, सन्दीप जोरा र विवेक यादव प्रमुख खेलाडी हुन् । अर्जुन कुमाल र प्रतिश जि.सीबाट अझ आशा राख्नेछ ।

मुलपानी पिच स्पिनर सहयोगी हुँदा साहब आलम र सागर ढकालको जोडी पुन: हाबी बन्न सक्छन् । पहिलो खेलमा अर्धशतक प्रहार गरेका बसिर अहमद राम्रो लयमा छन् ।

उता क्यानडा ४५-४ को अवस्थाबाट उक्त खेल ४९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । अर्धशतक प्रहार गरेका नवनित धालिवाल र निखिल दत्तको मनोबल उच्च हुनेछ । ओपनर आरोन जोनसन प्रमुख हिटर हुन् । साद विन जाफर प्रमुख स्पिन अलराउन्डर हुन् ।

तेस्रो तथा अन्तिम अभ्यास खेल बिहीबार हुनेछ । त्यसपछि क्यानडा युएई जानेछ । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज यूएईअघि क्यानडाले नेपालमा आएर तयारी गरेको हो । नेपालको सिनियर टोलीसँग तीन खेलको ओडीआई सिरिज समेत खेलेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?