अर्घाखाँची : सुन्तलाको जुस बनाउदै पाणिनिका कृषक

अर्घाखाँची । गाउँघरमा पाहुनालाई पाहुरको रूपमा प्रयोग हुँदै आएको सुन्तला यतिबेला व्यावसायिक अभ्याससँगै आयआर्जनको मुख्य स्रोत बनेको छ । सुन्तलाको व्यावसायिक खेतीसँगै अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नम्बर २ पोखराथोकका किसानहरु सुन्तलाको जुस बनाउन सक्रिय भएका छन् । [su_pullquote align=”right”]साना र नबिकेका सुन्तलाकाे जुस बनाउँदा राम्राे सदुपयाेग हुन्छ[/su_pullquote]

सुन्तलालाई खेर जान नदिन, कृषकलाई आयआर्जनमा थप टेवा दिन र व्यावसायिकरूपमा सक्षम बनाउन किसानलाई जुस बनाउने तालिम दिइएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख सन्तोष खनालले बताए । ‘ साना सुन्तला जुन बिक्री हुँदैनन्, ग्राहकले किन्न मन पराउँदैनन्, त्यस्ता साना सुन्तलाको जुस बनाउँदा राम्रो सदुपयोग हुने अनुभव गरियो । सोहीअनुसार कृषकसँग हाम्रो सहकार्य जारी छ ।’ खनालले भने ।

केही वर्षअघि सडक सञ्जाल नहुँदा डोकोमा बोकेर बजारसम्म सुन्तला ल्याउने कृषक अहिले यातायातका साधन गाउँगाउँमा पुगेसँगै सुन्तला राखेर ढुवानी गरी देशका विभिन्न ठाउँमा पुर्‍याउन थालेका छन् । सबै ग्राहकका आँखा लाग्ने ठूला सुन्तला बिक्री वितरण भए पनि कम आँखा लाग्ने साना सुन्तलाबाट जुस बनाउने कामसमेत शुरु गरिएको छ ।

पाणिनि गाउँपालिका वडा नम्बर १ र २ का अगुवा कृषकको भेला गराइ सुन्तलाबाट जुस निकाल्न तालिम दिन शुरु गरिएको र कृषकलाई नयाँ सीप, उपकरणसमेत हस्तान्तरण गरिरहेको घरेलु कार्यालयका प्रमुख खनालको भनाई छ ।

अर्घाखाँचीमा पाणिनि गाउँपालिकामा सबैभन्दा बढी सुन्तला खेती हुँदै आएको छ । यहाँका किसानले वार्षिक १० करोड रुपैयाँको सुन्तला बिक्री वितरण गर्ने गरेका छन् । सुन्तलाको जुस बनाउन अगुवा कृषकलाई तालिम दिइएपछि किसानहरु हर्षित भएका छन् ।

तालिमबाट सिकेको सीप गाउँमा एक कृषकबाट अन्य कृषकले पनि सिक्ने भएका कारण तालिमको आयोजना गरिएको घरेलु कार्यालय अर्घाखाँचीका अधिकृत लक्ष्मी प्रसाद दाहालले जानकारी गराए ।

दुई वडाका २० जना अगुवा कृषकले पहिलोपटक जुस बनाउने तालिम सिक्न शुरु गरेको दाहालले बताए । अब सुन्तलाको जुस बनाउने जुसन मेसिन अन्य पालिकामा उपलब्ध गराउने लक्ष्य लिइएको कार्यालयका प्रमुख खनालको भनाइ रहेको छ ।

अर्घाखाँचीको सुन्तला विभिन्न जिल्ला, मेला र हाटबजारमा जाने गरेको र सुन्तला बिक्री वितरणबाट राम्रो आम्दानी हुने गरेको अगुवा कृषक प्रमोद गौतमले जानकारी दिए ।

गौतमले सुन्तलाको जुस बनाएर सबैको हातमा जुस पुर्‍याउने अभियानमा लागेको बताउँदै यसले गाउँमा किसानहरुको मनोबल बढेकाले आयआर्जमा पनि वृद्धि हुने अपेक्षा रहेको बताए ।

spot_img
[reaction_buttons_post]
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?