सिरुवारी गाउँहुँदै पोखरासम्मको यात्रामा यसरी रमाए मैदानका स्वयंसेविका

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ५ ले वडाका सदस्यहरु र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई  अध्ययन अवलोकलन भ्रमण गराएको छ । वडाध्यक्ष इन्द्रमणि घिमिरेको नेतृत्वमा यही यहि फागुन ४ गतेदेखि ७ गतेसम्म विभिन्न जिल्लामा भ्रमण गराएको हो ।

पाणिनी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष इन्द्रमणि घिमिरे, मैदान स्वास्थ्य इन्चार्ज जगधिस घिमिरे, पालिका स्वास्थ शाखा जनस्वास्थ्य निरिक्षक रामप्रसाद घिमिरे र महिला स्वास्थ्य स्वयंसेविकासहित ३५ जना टोेलीले भ्रमण गरेको हो । उनीहरु मैदान सुरु भई गुल्मीको रिडी, स्याङ्जाको सिरुवारी, कास्कीको पोखराको भ्रमण सक्काएर पाल्पा हुँदै मैदान फर्किएका हुन् ।

भ्रमणमा उनीहरुको गुल्मीको रुरुक्षेत्र धामको धार्मिक तथा पर्यटकीय गन्तव्यको भ्रमण गरेका थिए । यस्तै, स्याङ्जाको सिरुवारीमा रहेको होम स्टेमा उनीहरुलाई स्थानीयहरुले न्यायो स्वागत गरे ।

स्याङ्जाको आँधीखोला गाउँपालिका–१, गुरुङबस्तीलाई सिरुबारी भनिन्छ । सिरुबारीमा ३९ घर रहेका छन् । यी मध्ये २३ घरमा पर्यटकलाई बासको व्यवस्था छ । भ्रमण टोलीले सिरुवारी गाउँमा सामुदायिक जङ्गल, गुम्बा, सङ्ग्रहालय लगायतको अवलोक गरेका थिए । उनीहरुले सिरुबारीको शिरान देउरालीबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेदेखि लमजुङ हिमालसम्मको मनोरम दृश्य पनि कैद गरेका हुन् ।

सिरुवारीबाट कास्कीको पोखरा पुगेका उनीहरुले पोखरामा तालबाराही मन्दीरको दर्शन गर्दै कालीगण्डकी पानी जहाजको समेत मज्जा पनि लिए ।

वडाध्यक्ष घिमिरेले आन्तरिक पर्यटनलाई प्रवर्द्र्धन गर्नका लागि अध्ययन अवलोकन भ्रमण गराएको जानकारी दिए । उनले देशका विभिन्न ठाउँको संस्कृति, रहनसहन, चालचलन र ज्ञान आर्जन गर्न भ्रमण गराएको र यो धेरै प्रभावकारी बनेको विश्वास लिए ।

कोभिड–१९ महामारीले पर्यटन क्षेत्रमा पारेको नकारात्मक प्रभावलाई कम गर्दै आन्तरिक पर्यटन प्रवर्द्र्धनलाई वढवा दिने उद्धेश्य भ्रमण गरिएको वडाध्यक्ष घिमिरे भनाई छ । भ्रमणपछि महिला स्वास्थ्य स्वयंसेविकाहरुले भ्रमणबाट धेरै ज्ञान हासिल गरेको बताएका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला घिमिरे
लेखकको बारेमा

कमला घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमकी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?