आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषा दिवस। बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र मातृभाषी साहित्यकर्मीले कार्यक्रम गरी मनाउँदैछन्।   नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज सुनसरीको धरानमा राष्ट्रिय मातृभाषा कविता महोत्सव हुँदैछ। प्रतिष्ठानले विगतमा काठमाडौंमा गर्दै आएको महोत्सव यो पटक देशैभरका कविको उपस्थितिमा धरानमा गर्न लागेको हो।

महोत्सवमा ४४ जना कविले विभिन्न भाषाका कविता सुनाउने प्रतिष्ठानका परिषद सदस्य तथा आख्यानकार राजन मुकारुङले जानकारी दिए। उनका अनुसार प्रतिष्ठानले बर्सेनी दिँदै आएको आएको प्रज्ञा मातृभाषा साहित्य पुरस्कार यो वर्ष नेपाल भाषाका साहित्यकार डा. योगेन्द्रमान प्रधानाङ्ग र उराँव भाषाका साहित्यकार बेचन उराँवलाई प्रदान गरिनेछ। पुरस्कारको राशि १ लाख रुपैयाँ छ ।

यस्तै प्रज्ञा प्रतिष्ठानकै र भाषा आयोगको संयुक्त आयोजनामा प्रतिष्ठान कमलादी हलमा अन्तरक्रियात्मक सङ्गोष्ठी हुने आयोगका कामु सचिव डा. लोकबहादुर लोप्चनले जानकारी दिए। दिवसकै अवसरमा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले मातृभाषा राष्ट्रिय सेवा पुरस्कार २०८० बाट जनकवि तथा गीतकार दुर्गालाल श्रेष्ठलाई प्रदान गर्ने कार्यक्रम छ।

संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन शुरु गरिएको हो। नेपालमा २०६६ देखि विशेषरूपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन थालिएको हो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?