आज कोशी र मधेशमा वर्षाको सम्भावना, काठमाडौंमा छिटफुट पानी पर्ने

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि साधारणतया बदली छ । यो प्रणालीको प्रभावले बुधबार राति दाङ, लमजुङ, गोरखा लगायत जिल्लाका एक–दुई स्थानमा असिना पानी परेको थियो ।

आज काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना छ । काठमाडौं उपत्यकामा आज मध्याह्नपछि छिटफुट वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् ।

‘पश्चिमी न्यून चापीय प्रणाली पश्चिम नेपालबाट भित्रिएर पूर्वतिर सर्दै जाने क्रममा अहिले मध्य र पूर्वी भागमा केन्द्रित भएको छ, त्यसैले आज दिनभरजसो बादल लाग्ने सम्भावना छ,’ मौसमविद नगरकोटीले भनिन्, ‘आज कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।’ उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको उनले बताइन् ।

महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा लेखिएअनुसार आज दिउँसो कोशी र मधेश प्रदेश लगायत पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ । आज राति भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

गत आइतबारदेखि पश्चिमी न्युन चापीय प्रणाली सुदूरपश्चिमबाट नेपाल प्रवेश गरेको थियो । त्यसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरुमा मध्यम खालको वर्षा र हिमपात भएको छ । यो प्रणाली पूर्वतिर सर्ने क्रममा लुम्बिनी र गण्डकी प्रदेशका केही जिल्लाहरुमा पनि वर्षा भएको छ । गएराति दाङको घोराही, तुलसीपुर लगायतका स्थानमा असिना पानी परेको थियो ।

यो प्रणाली पूर्वतिर सर्ने क्रममा क्रमशः कमजोर पनि हुँदै गएको छ । तर यसको असर शुक्रबारसम्मै देखिने छ । ‘यो प्रणाली अलि लामो समय रह्यो । बिस्तारै मात्र पूर्वतिर सरिरहेको छ,’ मौसमविद नगरकोटीले भनिन्, ‘आजभन्दा भोलि, भोलिभन्दा पर्सि झन् कमजोर हुँदै शुक्रबारपछि क्रमशः मौसम सुधार हुने देखिन्छ ।’

शुक्रबार दिउँसो पनि कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना शुक्रबार राति पनि छ । शुक्रबार दिउँसो नै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

शुक्रबार राति भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?