मैदानमा फागुन १३ गतेदेखि दादुरा रुबेला बिरुद्धको खोप अभियान

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका ५ मैदानमा यहीँ फागुन १३ गतेदेखि १७ गतेसम्म राष्ट्रिय कार्यक्रम अन्तर्गतको दादुरा रुबेलाको खोप अभियान संचालन हुने भएको छ ।

वडाभित्र रहेका ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप दिन लागिएको मैदान स्वास्थ्य चौकीका इन्चार्ज जगदीश घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार दादुरा रुबेला खोप अभियान अन्तर्गत फागुन १३ गते बोहखर खोप केन्द्र, फागुन १४ श्री कृष्ण मा.वि, फागुन १५ गते राधाकृष्ण मन्दिर, फागुन १६ गते भर्तापुर खोप केन्द्र र फागुन १७ गते मैदान स्वास्थ्य चौकीमा संचालन हुनेछ ।

खोप नि:शुल्क पाइने र सुरक्षीत भएको हुनाले ढुक्कसँग आफ्ना बालबालिकालाई पायक पर्ने स्थानमा आ-आफ्नो ठाउँबाट खोप लगाउनको लागि सहयोग गरिदिन समेत उनले आग्रह गरे । यस अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने भएकोले खोप कार्ड लिई आउन समेत मैदान स्वास्थ्य चौकीका इन्चार्ज जगदीश घिमिरेले अनुराेध गरेका छन् ।

याे अभियान जिल्लाभर संचालन हुदैछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला घिमिरे
लेखकको बारेमा

कमला घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमकी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?