एमाले अहिले मुद्दा विहीन भएको छ : प्रतिनिधि सभा सदस्य चौधरी

अर्घाखाँची । नेकपा एकीकृत समाजवादी अर्घाखाँचीको ९ औं पूर्ण बैठक सम्पन्न भएको छ ।

नेकपा एकीकृत समाजवादीको पूर्ण बैठकका प्रमुख अतिथि एवं पार्टी पोलिटब्युरो सदस्य मेटमणि चौधरीले पार्टी संगठन निर्माणको काममा एकताबद्ध भएर लाग्नुपर्ने बताए । प्रतिनिधि सभा सदस्य चौधरीले नेपालको पुरानो खालको राजनैतिक संस्कारलाई बदल्नु पर्ने भन्दै पार्टी संगठन निर्माणका लागी सहभागिता मूलक छलफल, सामूहिक निर्णय, कार्यक्रम तथा बैठक सञ्चालन विधि अगाडि बढ्नु पर्ने बताए । पूर्व सहरी विकासमन्त्री समेत रहेका चौधरीले पार्टीले आगामी महाधिवेशनबाट पार्टी नयाँ गतिका साथ अगाडि जाने भन्दै अब मनमा भएको निरास हटाई उत्साहका साथ पार्टी संगठन निर्माणको काममा लाग्न निर्देशन गरे ।

नेता चौधरीले एमाले अहिले मुद्दा विहीन भएको र अब जति नै नक्कली कुरा गरे पनि जनताले बुझेको भन्दै एमालेको भविष्य समाप्त हुन लागेको बताए । आगामी निर्वाचन सम्मको यो विद्रोहको यात्रा निकै चुनौतीपूर्ण भन्दै अब सामाजिक मुद्दालाई एजेन्डा बनाई सबैखाले समस्यासँग जुध्दै अगाडि बढ्नु पर्ने नेता चौधरीले बताए ।

पार्टीका केन्द्रिय सदस्य अर्घाखाँची जिल्ला इन्चार्ज पिताम्बर सारुले अब नयाँ सोचका साथ युवा नेतृत्वबाट अगाडि बढ्नु पर्ने भन्दै विद्रोहको औचित्य मिसन पूरा गर्ने गरि लाग्नु पर्ने बताए । नेता सारुले अब अझ सशक्त तवर पार्टी काममा लाग्न सबैलाई आग्रह गरे ।

बैठकमा पार्टी लुम्बिनी प्रदेश कमिटी सदस्य, मोतीलाल श्रीपाली, सुनिता बेल्बासे, समाजवादी प्रेस सङ्गठनका लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसाल, पार्टी राष्ट्रिय परिषद सदस्य मुकुन्द रोकाले बैठकमा महत्त्वपूर्ण भनाई राखेका थिए । बैठकमा प्रदेश कमिटी सदस्य तारापति भट्टराई, विष्णुहरि भुसाल, अनेरास्ववियु केन्द्रिय नेता नारायण शर्मा लगायतको आतिथ्यता रहेको थियो ।

बैठकले आगामी २ महिने पार्टी संगठन सुदृढीकरण तथा सदस्यता बिस्तार अभियान अगाडि बढ्ने त्यसका लागी बिभिन्न पालिकामा सहजकर्ताहरू तोकिएको साथै पार्टी संगठन निर्माणका लागी महत्त्वपूर्ण निर्माण भएको अध्यक्ष राम बहादुर चौहानले बताए । बैठक पार्टी जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहानको अध्यक्षता, उपाध्यक्ष सिद्धि प्रसाद भुसालको स्वागत मन्तव्य र सचिव युवराज पौडेलको संचालनमा बैठक सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
हृदय भुसाल
लेखकको बारेमा

हृदय भुसाल

भुसाल समाजवादी प्रेस सङ्गठनका लुम्बिनी प्रदेश अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?