अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाको अधिवेशन आगामी आईतवार

शिव भुसाल,
सिओल । कोरियामा रहेका अर्घाखाँचीका नेपालीहरुको संस्था अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाले आगामी आईतवार सातौँ अधिवेशन गर्ने भएको छ ।

कोरियालाई कर्मथलो बनाएका जिल्लाबासीहरुले सन २०१० मा स्थापना गरेको उक्त संस्थाको नियमित कार्यक्रम तथा अभ्यास अन्तर्गत अधिवेशन गर्न लागिएको संस्थाका अध्यक्ष हिमाल खनालले जानकारी दिए ।

दोङदेमुनमा रहेको नेपाली थाई रेष्टुरेष्टको सभाहलमा मार्च ३ मा आयोजना हुने अधिवेसनको सम्पुर्ण तयारी पुरा भएको संस्थाका सहसचिव माधव खनालले जानकारी दिए ।

अधिवेशनले आगामी २ वर्षकालागि नयाँ कार्यसमिती चयन गर्ने बताईएको छ ।

कोरियामा रोजगारी, भाषा, स्वास्थ्य समस्या, कार्यस्थल परिवर्तनका समयमा आई पर्ने विभिन्न समस्या समाधानकालागि संस्थाले सहजिकरण गर्दै आएको छ ।

संस्थाले कोरियामा रहेका नेपालीहरुलाई सहयोग गर्नुकासाथै जिल्लाको पर्यटकिय, शैक्षिक लगायतका विकाशमापनि हातेमालो गर्दै आएको संस्थाका पुर्व अध्यक्ष सुन्दर पन्थीको भनाई छ ।

अर्घाखाँचीबाट कोरियालाई कर्मथलो बनाएकाहरुको संख्या करिब ३ हजार हुनसक्ने अनुमान संस्थाको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?