चेल्सीलाई हराउँदै लिभरपुल बन्यो च्याम्पियन

काठमाडौं । काराबाओ कपको उपाधि लिभरपुलले जितेको छ।​ लण्डन क्लब चेल्सीलाई  १–० ले हराउँदै लिभरपुलले उपाधि जितेको हो।

लिभरपुलको जितमा भर्जिल भान डाइकले विजयी गोल गरे। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयको खेल सकिन दुई मिनेट अघि डाइकले लिभरपुलका लागि विजयी गोल गरे। उनले हेडमार्फत गोल गरेका हुन्।  निर्धारित समयको खेलमा लिभरपुललाई दबाबमा राखे पनि चेल्सीले  गोल गर्न सकेन। उसका केही प्रहार पोस्टमा लागेर फर्किएका थिए।

खेलको सुरुवातमै लिभरपुलको अग्रताको अवसर गुमाएको थियो। डाइककै हेडमार्फत गरेको गोललाई रेफ्रीले भारमार्फत अफ साइड दिएका थिए।​

वेम्बलीमा चेल्सीविरुद्ध खेलिएका तीन वटै फाइनलमा यस सिजन लिभरपुलले उपाधि जितेको गरेको छ। यसअघिका दुई फाइनल पेनाल्टी सुटआउटमा जिते पनि लिभरपुलले काराबाओ कपको उपाधि अतिरिक्त समयमै हासिल गर्न सफल रह्यो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?