कृष्णनगर : २४ केजी ५६० ग्राम लागू औषध चरेससहित ५ जना नियन्त्रण

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले तीनजना महिला र दुई जना पुरुषलाई  २४ केजी ५६० ग्राम लागू औषध चरेससहित आइतबार साँझ नियन्त्रणमा लिएको छ ।

रुकुम पूर्वबाट कृष्णनगर हुँदै भारत तर्फ जाँदै छ भन्ने प्राप्त गोप्य सूचनाको आधारमा शंका लागि प्रहरीले कृष्णनगर बजारक्षेत्रमा ती व्यक्तिहरूलाई चेकजाँच गरेको थियो ।

खनियाबास ५ धादिङका ५९ वर्षीय सेती तामाङको साथमा ५ किलो ५५५ ग्राम, सोही स्थानका ६६ वर्षीय रेगदोन तामाङको साथमा ५ किलो ३६५ ग्राम, सोही स्थानका ५२ वर्षीय साङ जोङ तामाङनिको साथमा ५ किलो ४८० ग्राम, सिद्धकुमाख ४ सल्यानका ४० वर्षीय थल बहादुर रोकाको साथमा ४ किलो ६१५ ग्राम र भुमे २ रुकुम पूर्वका ३७ वर्षीय भावना बुढाको साथमा ३ किलो ५४५ ग्राम लागू औषध चरेस फेला परेको हो ।

निजहरूको कम्मरमा कपडाको पेटी बनाई बाधी लुकाई छिपाई राखिएको अवस्थामा प्रहरीले खानतलासी गरि उक्त लागू औषध  बरामद गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा भावना बुढा मुख्य कारोबारी भएको खुलेको छ । भरिया मात्र पक्राउ परेर मुख्य कारोबारी उम्कन्थे तर यो घटनामा भने कपिलवस्तु प्रहरी सफल रह्यो ।

धादिङकी सेती तामाङ पेसेवर भरिया हुन । उनी यस अघि धादिङ र कृष्णनगरबाट लागू औषध चरेससहित पक्राउ परेर मुद्दा  खेपिसकेकी पात्र हुन । उनी धरौटीमा छुटेदेखि प्रहरीले निगरानी गरिरहेको थियो ।

भुमेकी भावना दाङको लमही बसोबास गर्छिन् भने बाकी ४ जना भारतमा मजदुरी गर्ने बुझिएको छ।

नियन्त्रणमा लिइएका पाँचै जनाको थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?