पाणिनिमा ५ दिने महोत्सव हुँदै, ख्यातिप्राप्त राष्ट्रिय कलाकार आगमन हुने

अर्घाखाँची । अर्घाखाँचीको पाणिनिमा ५ दिने महोत्सव हुने भएको छ ।

पाणिनि पर्यटन समाजको आयोजनामा “हाम्रो पाणिनि राम्रो पाणिनि, कला र संस्कृतिको समृद्ध पाणिनि” भन्ने मूल नारा सहित सातौँ पाणिनि दुर्वाशेश्वर महोत्सव हुन लागेको हो । महाशिवरात्रिको अवसर पारेर यही फागुन २४ देखि २८ गतेसम्म पाणिनि गाउँपालिकाको कुरुले फाँटमा महोत्सव सञ्चालन हुने समाजका अध्यक्ष झबिन सुनामले जानकारी दिए ।

उनका अनुसार पाणिनि गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन वृद्धि गर्न एवं स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नका लागि मेला आयोजना गरिएको सुनामले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । मेलामा ३० हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ । मेलामा स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूको प्रस्तुती समेत रहनेछ । महोत्सवमा पाणिनि गाउपालिका स्तरीय भलिबल प्रतियोगिता, खल्ला डान्स आइडल तथा गाउपालिका स्तरीय भजन प्रतियोगिता समेत हुने छ ।

महोत्सवमा व्यापारीका ५० र होटलका २० स्टल गरी ७० स्टल रहने आयोजकले जनाएको छ । यसका साथै वाल उद्यान, झुला लगायतको व्यवस्था समेत हुनेछ । मेलामा २५ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ भने ३० लाखसम्मको कारोबार हुने आयोजकको लक्ष्य रहेको छ । महोत्सवको लागि टिकट शुल्क समेत तय गरिएको छ । साधारण तर्फ रु १०० विद्यार्थीहरूको लागि ७० रुपैयाँ तथा ७० वर्ष कटेका ज्येष्ठ नागरिक र अपाङ्गहरूका लागि भने प्रवेश निशुल्क गरिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?