साफ यू-१६ च्याम्पियनसिप आज सुरु हुँदै

काठमाडौं । साफ अण्डर-सिक्सटिन महिला च्याम्पियनसिप आजदेखि नेपालमा सुरु हुँदै छ। यसअघि १५ वर्ष मुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि अन्डर सिक्सटिन उमेर समूहमा खेलिन लागेको हो।

प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका भारत, बंगलादेश र भुटान सहभागी छन्। घरेलु मैदानमा नेपाली टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ।

प्रि-म्याच प्रेस कन्फ्रेन्समा नेपाली अन्डर-सिक्सटिन महिला टोलीका मुख्य प्रशिक्षक चक्र तामाङले घरेलु मैदानमा नेपालले प्रतियोगिता जित्ने दाबी गरेका छन्।

नेपाल प्रतियोगिताको साबिक विजेतासमेत हो। सन् २०२२ मा बंगलादेशमा भएको प्रतियोगितामा नेपालले बंगलादेशलाई पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो।

सिंगल राउन्डमा हुने प्रतियोगितामा सहभागी प्रत्येक टिमले एक-आपसमा खेल्नेछन्। लिग चरणका ६ खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। प्रतियोगिताका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन्।प्रतियोगिताको उद्घाटन खेलमा भारत र भुटान आमने-सामने हुनेछन्। घरेलु टोली नेपालले पहिलो खेलमा शनिबार बंगलादेशको सामना गर्नेछ। प्रतियोगिताका सबै खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछन्। फाइनल खेल फागुन २७ गते हुनेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?