प्रिमियर लिगमा सिटीले युनाइटेडलाई ३–१ ले हरायाे

काठमाण्डाै । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गए राति घरेलु मैदानमा भएकाे खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–१ गोलले हरायो ।

खेलको ८ औँ मिनेटमा मार्कस र्‍यासफाेर्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५६ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका फिल फोडेनले गोल गर्दै खेलमा बराबरी गरे । फेरि खेलकाे ८० औँ मिनेटमा उनले नै दोस्रो गोल गरेर टाेलीलाई अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयको पहिलो मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीकाे ३–१ काे जित सुनिश्चित गरे ।

याे जितसँगै तालिकाकाे दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २७ खेलमा ६२ अङ्क भएको छ । पहिलो स्थानमा रहेको लिभरपुलको समान २७ खेलमा ६३ अङ्क छ । युनाइटेड उति नै खेलमा ४४ अङ्कसहित छैटाैँ स्थानमा छ ।

यस्तै गए राति भएको अर्को खेलमा बर्नमाउथले बर्नलीलाई २–० गोलले हराएको छ । बर्नमाउथ २६ खेलमा ३१ अङ्कसहित १३ औँ र बर्नली २७ खेलमा १३ अङ्कसहित १९ औँ स्थानमा छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?