सत्ता गठबन्धन भत्किने निश्चित भएपछि नयाँ समीकरण बनाउन दलहरू आन्तरिक छलफलमा

काठमाडौँ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनभित्रको खटपटले नयाँ राजनीतिक समीकरण बन्ने भएको छ ।

मन्त्रिपरिषद् पुनर्गठन एवं राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा सत्ता गठबन्धनभित्र विश्वासको वातावरण नबन्दा नयाँ समीकरणको गृहकार्यमा राजनीतिक दलहरू लागेका हुन् । विकसित घटनाक्रमसँगै राजनीतिक दलहरू बिहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ भने नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक जारी छ ।

माओवादी बैठक बालुवाटारमा र एमाले बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसिरहेको छ । बालकोट र बालुवाटारका दुवै बैठकमा शीर्ष नेताहरूले विकसित राजनीतिक घटनाक्रम र सम्भावित समीकरणबारे नेताहरूलाई जानकारी गराउनेछन् । स्रोतका अनुसार कांग्रेससँगको गठबन्धन टुट्ने लगभग निश्चित भएपछि एमाले, माओवादी, रास्वपा र जसपा लगायतको नयाँ समीकरण बनाउन नेताहरू सहमति नजिक पुगेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सोमबार बिहान बसेको छ । सचिवालय बैठकले समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी सभापतिले बैठकलाई जानकारी गराएका छन् । साथै बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिएको छ ।

पछिल्लो घटनाक्रमबारे छलफल गर्न जसपाले पनि बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा बोलाएको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।  ‘गठबन्धन अब खटबन्धन भयो’, अध्यक्ष यादवले भने, ‘विकसित राजनीतिक घटनाक्रम र नयाँ समीकरणबारे छलफल जारी छ ।’

हिजो साँझ र बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबिच भएको छलफलबारे समेत कुराकानी भएको नेताहरूले बताएका छन् ।

यता सत्ता गठबन्धनले आठ बजे बोलाएको बैठक स्थगित भएको छ । बैठक स्थगित भएपछि कांग्रेस नेताहरू प्रधानमन्त्री प्रचण्डलाई भेट्न सोमबार बिहानै बालुवाटार पुगेका छन् । यसअघि आइतबार साँझ नै कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका मन्त्रीहरूलाई बोलाएर राजनीतिक घटनाक्रम बदलिन सक्ने सङ्केत गरेका थिए । राताेपाटि

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?