टी–ट्वेन्टी आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्दैछन्। खेल विहान साढे ११ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ।

लिग चरणमा दुवै टिमले दुई खेलमा जित दर्ता गरेर फाइनल यात्रा तय गरेका हुन्। लिगको अन्तिम खेल भने वर्षाले प्रभावित बनेपछि पाँच अंकसहित लिग चरणको शीर्ष स्थानमा रहेर नेदरल्याण्ड्स फाइनल पुगेको थियो।

घरेलु मैदानमा एक वर्षअघि एसीसी प्रिमियर कपको उपाधि जितेको नेपालले त्यसयता दुई उपाधिको अवसर गुमाएको छ।

कात्तिकमा टी-ट्वेन्टी विश्वकप एसिया छनोटको उपाधि र यूएईसँगको सिरिज गुमाएको नेपाल त्रिवि मैदानमा अर्को उपाधिको खोजीमा रहेनेछ। डेभ ह्वाटमोर प्रशिक्षक बनेपछि घरेलु मैदानमै भएको सिरिजमा नेदरल्याण्ड्सलाई नै हराएर नेपाल च्याम्पियन बनेको थियो। त्यसपछि नेपालले पुनः नेदरल्याण्ड्सलाई हराएर अर्को सिरिज जित्ने लक्ष्यमा छ ।

टी-ट्वेन्टी आईमा पछिल्ला पाँच खेलमा नेपालले तीन खेल जितेको छ। नेदरल्यान्ड्सले दुई खेलमा जित दर्ता गरेको छ। नेदरल्याण्ड्सलाई नेपालले पछिल्लो समय लिग टूमा नौ विकेटले हराएको छ भने जारी सिरिजमा ६ विकेटले हराइसकेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?