जनयुद्धताका जाली तमसुक च्यातेको सम्झाउँदै प्रधानमन्त्रीसँग ऋण मिनाहा गर्न बाबुरामको आग्रह

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याजी पीडितहरूको निश्चित ऋण मिनाहा गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन्।

बिहीवार काठमाडौँमा मिटरब्याजी पीडितको आन्दोलनलाई समर्थन गर्न पुगेका उनले यस्तो आग्रह गरेका हुन्। उनले जनयुद्धतामा बनाइएका जाली र झूटा तमसुक च्यातेको र आगो लगाएको स्मरण गर्दै तत्काल निश्चित रकमसम्मको ऋण मिनाहा घोषणा गर्न आग्रह गरे। उनले लिखित तमसुक खोजेर कारबाहीको दायरामा ल्याउन आग्रह गरे।

उनले नेपालका बैंकमा ६० खर्ब पैसा रहेकाले त्यसमध्ये एक खर्ब रुपैयाँ गरिब किसानलाई बाँड्न आँट गर्न आग्रह गरे।

उनले मिटरब्याज पीडितहरूको विषयमा बनेका थुप्रै आयोगको प्रतिवेदन सार्वजनिक नभएको भन्दै गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको आयोगको प्रतिवेदन सार्वजनिक गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरे।

भट्टराईले भने, ‘कमरेड प्रचण्डलाई आग्रह गर्दछु। हामीले जनयुद्धताका जाली र झूटा तमसुक खोसेर च्यातेको, आगो लगाएको हो कि होइन? अहिले आगो लगाउनुस् र च्यात्नुस् भन्दिनँ तर अहिले निश्चितसम्मको ऋण मिनाहा तुरुन्तै घोषणा गर्न सक्नुहुन्छ। हामीसँग पैसा नभएको होइन। ६० खर्ब बैंकहरूमा छ। ६० खर्बबाट एक खर्ब रुपैयाँ यी गरिब किसानलाई किन बाँड्न सक्नुहुन्न। त्यति गर्नुहोस्।’

पूर्वप्रधानमन्त्री भट्टराईले लघुवित्त पीडितका मागमा आफ्नो पार्टी नेपाल समाजवादीको पूर्ण समर्थन रहेको बताए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?