अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउपालिका कुरुले फाटमा आयोजित मेलाको दोश्रो दिन ५ हजार दर्शकले अवलोकन गरेका छन् ।
पाणिनि पर्यटन समाजको आयोजनामा “हाम्रो पाणिनि राम्रो पाणिनि, कला र संस्कृतिको समृद्ध पाणिनि” भन्ने मूल नारा सहित सातौँ पाणिनि दुर्वाशेश्वर महोत्सवको दोस्रो दिन ५ हजार दर्शकले अवलोकन गरेको मिडिया संयोजक शिवराज बेल्वासेले जानकारी दिए ।
महाशिवरात्रिको दिन आज ज्योती मगर, वसन्त लम्साल, योगराज पोखरेल, ऋतु शाहिको प्रस्तुती रहेको थियो । साथमा स्थानिय कलाकारको समेत बेजोड प्रस्तुती रहेको थियो ।
उनका अनुसार पाणिनि गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन वृद्धि गर्न एवं स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नका लागि आयोजना गरिएको मेलामा पाणिनि गाउपालिका स्तरीय भलिबल प्रतियोगिता, खुल्ला डान्स आइडल तथा गाउपालिका स्तरीय भजन प्रतियोगिता समेत भएका थिए ।
महोत्सवको तेस्रो दिन २६ गते श्याम राना, प्रेक्षा लम्साल, तारा थापा, मधु परियार लगायतको प्रस्तुती रहने मिडिया संयोजक शिवराज बेल्बासेले जानकारी दिए ।













