पीएनजीलाई ८६ रनले हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल हङकङमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजको फाइनलमा प्रवेश गरेको छ।  हङकङको मिसन रोड मैदानमा आज भएको  खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ८६ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

१९९ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा अलआउट हुँदै ११३ रन मात्र बनाउन सक्यो। ​ पीएनजीका लागि हिरी हिरीले सर्वाधिक २८ रन बनाए। यस्तै सेसे बाउले २१ रनको योगदान गरे।  कप्तान असद भाला ९ रन बनाएर आउट भए। ओपनिङमा निकै आक्रामक देखिएको पीएनजीको पहिलो विकेट ३२ रनमा पतन भएको थियो। ओपनर टोनी उरा १५ रन बनाएर आउट भए। त्यसपछि पीएनजीको विकेट पतन रोकिएन।

पीएनजीलाई सस्तैमा समेट्न कुशल भुर्तेलले चार विकेट लिए। चार ओभर बलिङ गरेका भुर्तेलले ४ चार विकेट लिए। प्रतिश जिसीले २ विकेट लिए भने आकाश चन्द र गुल्शन झाका नाममा एक एक विकेट रह्यो।

त्यसअघि  टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनायो।  नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए। उनले टी–ट्वेन्टी आइमा एक हजार रन पूरा गरे। उनी यो खेलमा प्लेयर अफ द म्याच बने।

नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे।  पहिलो विकेटका लागि विनोद भण्डारी र कुशल भुर्तेलले ६४ रनको साझेदारी गरे । २७ रन जोडेका विनोद ८ औँ ओभरको तेस्रो बलमा जोन कारिको बलमा क्याच आउट भए। कप्तान रोहित पौडेलले १ रन मात्र बनाउन सके। आरिफ शेख ४ रनमा पवेलियन फर्किए। कुशलले ३२ बलमा अर्धशतक पूरा गरेका थिए। कुशलले ३६ खेलको ३५ इनिङमा खेलमा १ शतक र ८ अर्धशतकसहित १ हजार रन पूरा गरेका हुन्।

उनी टी–२० आईमा १ हजार रन पूरा गर्ने दोस्रो नेपाली ब्याटर बनेका छन्। दीपेन्द्रसिंह ऐरीले टी–२० आईमा एक हजार रन पूरा गरेका छन्।  सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्का सहित ५६ रनको अक्रमक इनिङ खेले। टी–२० आईमा आफ्नो करियरकै उत्कृष्ट प्रदर्शन गरेका सन्दीपको यो दोस्रो अर्धशतक हो। लोकेश बम १४ रनमा रन आउट भए। गुल्सन झा १५ र विवेक यादव १९ रनमा अविजित रहे।

कप्तान असद भालाले २ तथा जोन कारी, नर्मन भानुआ, नोसैना पोकना र १-१ विकेट लिए।  नेपाल र घरेलु टोली हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले १–१ अंक बाँडेका थिए।

पीएनजीले आजै पौने १२ बजे हुने अर्को खेलमा हङकङको सामना गर्ने छ। त्यो खेलको विजेताले फाइनलमा भोलि नेपालसँग खेल्नेछ भने पराजित टोलीले हङकङ एको सामना गर्नेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?