चौराहाको रातापानी भजन समूह प्रथम, भजनबाट प्रभावित भई आर्थिक सहयोग

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिका स्तरीय भजन प्रतियोगितामा वडा नं.पटौटी चौराहाको रातापानी भजन समूह प्रथम भएको छ । 

सातौँ पाणिनि दुर्वाशेश्वर पर्यटन महोत्सवको अवसरमा आयोजित लोकभजन प्रतियोगितामा रातापानी भजन समूह प्रथम भएको हो । प्रथम भएसँगै सो समुहले नगद १५ हजार सहित ट्रफि र प्रमाणपत्र पनि प्राप्त गरेको छ । 

यस्तै प्रतियोगितामा उपल्ला पटौटिको भजन समुह द्वितीया, अड्गुरी भजन मण्डली तृतीय र पणेनाको भजन समुह सान्त्वना भएको छ।

भजनबाट प्रभावित भई आर्थिक सहयोग

अर्घाखाँची जिल्ला पाणिनि गाउपालिका वडा नं. ४ उपल्ला पटौटीको भजनबाट प्रभावित भएर पाणिनी गाउपालिका ५ मैदानका भीम घिमिरेले आर्थिक सहयोग गरेका छन् ।

घिमिरेले मौलिक भजनको संरक्षण, जगेर्ना, बाजागाजा मर्मत र थप हौसलाको लागि उक्त भजन मण्डलीलाई आर्थिक सहयोग गरेका हुन् । उनले आर्थिक सहयोग स्वरुप दस हजार रुपैयाँ सहयोग गरेका हुन् ।

उनी हाल वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबियामा कार्यरत रहेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?