बार्सिलोना र आर्सनल च्याम्पियन्स लिगको अन्तिम ८ मा

काठमाडौं । बार्सिलोना र आर्सनल यूईएफए च्याम्प्यिन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।  स्पेनिस क्लब बार्सा चार वर्षपछि  लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो।

इटालियन टोली नापोलीलाई‌ दोस्रो लेगमा ३–१ हराएपछि समग्रमा ४–२ को जित निकाल्दै बार्सिलोना अन्तिम ८ मा पुगेको हो।​ नापोलीको घरेलु मैदानमा भएको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो।​

१५औं मिनेटमा राफिन्हाको क्रसमा फर्मिन लोपेजले बक्स भित्रबाट गोल गर्दै खेलमा बार्सिलोनाका लागि अग्रता दिलाएका थिए। त्यसको २ मिनेट लगत्तै राफिन्हाको प्रहार पोस्टमा लागेर फर्किएपछि जोआओ क्यान्सेलोले रिबाउन्डमा गोल गर्दै अग्रता दोब्बर गराए।

३०औं मिनेटमा नापोलीले गोल फर्कायो। मटेयो पोलिटानोको पासमा डिफेन्डर अमिर रहमानीले गोल गर्दै नापोलीका खेलमा फर्काएका हुन्। तर ८४औं मिनेटमा सर्जी रोबर्टोको पासमा स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको जित निश्चित गरे।

सन् २०२० मा बायर्न म्युनिखसँग ८–२ ले र २०२१ मा पिएसजीसँग पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको बार्सिलोना २०२२ र २०२३ मा समूह चरणबाट युरोपा लिगमा घटुवा भएको थियो।

गएराति नै भएको अर्को खेलमा आर्सनलले पोर्टोलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै  क्वाटरफाइनल यात्रा तय गरेको छ। आर्सनल सन् २०१० यता पहिलो पटक क्वाटरफाइनल पुगेको हो।

इमिरेट्समा भएको अन्तिम १६ को दोस्रो लेगको खेल आर्सनलले १–० ले जितपछि दुई लेगको प्रतिस्पर्धा १–१ को बराबरीमा पुगेको हो।

त्यसमा लियोनार्डो ट्रोसार्डले ४१ औं मिनेटमा एक मात्र गोल गरे। टाइब्रेकरमा कप्तान मार्टिन ओडेगार्डसँगै काइ हाभर्टेज, बुकायो कासा र डेक्लेन राइस सबैले गोल गरे। आर्सनका लागि भने डेविड रायाले वेन्डेल र गालेन्कोको प्रहार जोगाए।

प्रतियोगिता अन्तरगत आज राति एथ्लेटिको विल्बाओ र इन्टरमिलान तथा डटमन्ड र इन्डेभन भिड्दैछन्। यी टोलीको खेलले क्वाटरफाइनल समीकरण तय हुने छ।   क्वाटरफाइनल ड्र शुक्रबार हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?