गोल्डेन ईमिनेन्ट बुटवलद्धारा नेपाली विद्यार्थीहरुलाई छात्रवृति प्रदान

बुटवल । कोरियाको Kyungsung University मा अध्ययनरत विद्यार्थीलाई गोल्डेन इमिनेन्ट बुटवलले छात्रवृति उपलव्ध गराएको छ ।

विगत १० वर्षदेखि चितवनमा मुख्य कार्यालय रहेकाे गोल्डेन इमिनेन्टले बुटवल सहित ४ वटा शाखाबाट विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि कोरिया पठाउदै आएको छ । नेपालकै सर्वोत्कृष्ट परामर्शदाता गोल्डेन इमिनेन्टले Kyungsung University मा अध्ययन गर्दै आएका नेपाली विद्यार्थीहरुको सहजताका लागि छात्रवृति प्रदान गरेको गोल्डेन इमिनेन्टका अध्यक्ष प्रकाश रिजालले बताए ।

नेपालको लागि आधिकारिक एडमिसन सेन्टरको रुपमा गोल्डेन इमिनेन्टले आउदो सेप्टेम्बरको लागि छात्रवृतिमा भर्ना गरिरहेको भन्दै उनले उच्च शिक्षा अध्ययनका लागि कोरिया पुगेका नेपाली विद्यार्थीहरुबाट गोल्डेन इमिनेन्टलाई उत्कृष्ट परामर्शदाताको रुपमा हेरेको पाइएको भन्दै आफुहरु उत्साहित भएको बताए ।

गोल्डेन इमिनेन्टले Kyungsung University, Shean University, Joongbu University लगायतका विश्वविद्यालयहरुको नेपालको आधिकारिक प्रतिनिधीको रुपमा मान्यता प्राप्त गरिसकेको छ ।

Kyungsung University मा अध्ययनरत नेपाली विद्यार्थीहरु विप्लभ मैनाली, दुर्गा तामाङ, अनिशा कार्की, टुकमाया पौडेल, डोलकुमारी तिमिल्सिना, नमुना भण्डारी, सागर पन्थ,स्मृति अधिकारी,हरिप्रसाद आचार्य,स्मृति रेग्मी, हेमराज न्यौपाने, शिरिस धिताल, प्रनिश खनाल, युवराज ढेगा, मगर, अनमोल बुढाथोकी, मोहन गौतम, कविर पौडेल, पारशमणी शर्मा, कृष्ण सारु मगर, रन्जित महतो, सुदीप महतो, विशाल क्षेत्री, निशा गुरुङ, सुमन परियार, योङजोम घले, प्रकाश विक र अमर गिरी गरि २७ जना विद्यार्थीहरुले छात्रवृति प्राप्त गरेको गोल्डेन इमिनेन्टले जनाएको छ ।

सेप्टेम्बर ईनटेकका लागि भर्ना खुल्यो

सन् २०२४ को सेप्टेम्बर ईनटेकका लागि कोरियाका विभिन्न युनिर्भसीटीहरुले भर्ना आह्वान गरेका छन् । प्लस २ मा २.८ जीपीए र र IELTS मा ३० प्रतिशत देखि १०० प्रतिशतसम्म नेपाली विद्यार्थीहरुले छात्रवृति प्राप्त गर्नसक्नेछन् । विद्यार्थीहरुले Kyungsung University मा Global Hospitality Management, Global It Engineering,Global Business Administration,Global Mechanical Design Engineering र  Korean Studies English Track मा अध्ययन गर्न पाउने छन् ।

त्यसैगरी स्नातक तहमा एमबीएमा English Track रहेको आधिकारीक एजेन्सी गोल्डेन ईमिनेन्टले जनाएको छ । यस्तै Shean University मा  Hospitality Management , Business Administration र  English Track मा अध्ययन गर्न पाउने छन् । उता Joongbu University  मा English Track र Global Business अध्ययन गर्न पाउने गोल्डेन ईमिनेन्टले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका वडा नं. १० स्थित चितवन मेडिकल कलेज अगाडी प्रधान कार्यालय रहेको गोल्डेन ईमिनेन्टले काठमाण्डौ र बुटवलबाट विद्यार्थीहरुलाई सेवा उपलव्ध गराउदै आएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?