कांग्रेसभित्रको एकता जरुरी छ : राजु खनाल

अर्घाखाँची । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति राजु खनालले पाटी भित्र एकता हुन सके मात्र संगठन मजबुत हुने बताएका छन्।

पाटी भित्रै बढ्दो आरोप प्रत्यारोप र असहयोग गर्ने परिपाटीले कांग्रेसको संगठन राम्रो नहुने उनको भनाई छ । स्थानीय, प्रदेश र संघको निर्वाचनपछि मात्र पाटीको अधिवेशन गर्नुपर्ने विधान कांग्रेसले ल्याउनु पर्ने बताए ।

विपी स्मृति भवन सन्धिखर्कमा भएको कार्यक्रममा मन्तव्य राख्दै प्रदेश स्वास्थ्य मन्त्री समेत रहेका खनालले कांग्रेसले गरेका कामहरूको प्रचारप्रसार गर्न नसकेको समेत बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु प्रसाद खनाल (मुस्कान), पूर्व सभापति कमल प्रसाद भुसाल, प्रदेश सदस्य शान्ता भण्डारी, जिल्ला उपसभापति बाबुराम पौडेल, सचिव अच्युत गौतम, लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठको अध्यक्षता र सचिव कृष्ण प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?