अध्यक्ष लिङ्देनसहि‍त राप्रपाका नेता आजदेखि चार दिने तराई यात्रामा

काठमाडौं । चैतको अन्तिम साता काठमाडौंमा हुने तय भएको जनप्रदर्शनलाई प्रभावकारी बनाउने उद्देश्यले राप्रपाका नेता चार दिने तराई यात्रामा निस्किने भएका छन्।

सोमबारदेखि  बिहीबारसम्मतराई–मधेशका आठ जिल्लामा आमसभा र कार्यकर्ता भेला आयोजना गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा हुने तराई-मधेशस्तरीय अभियानमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा. धवलशमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, मधेश प्रदेशका अध्यक्ष भरत गिरी, प्रतिनिधिसभा सदस्य बिना जयसवाल र पार्टी सम्बद्ध युवा, विद्यार्थी, महिला संगठनका अध्यक्ष रहनेछन् ।

चैत ५ गते जनकपुरको जानकी मन्दिरमा पूजाआजा गरी मधेश प्रदेश यात्रा आरम्भ गर्ने राप्रपाका नेताहरू सोमबार धनुषामा अगुवा कार्यकर्ता भेला र सर्लाहीको बरहथवामा हुने आमसभामा सहभागी हुनेछन्।

राप्रपाले ६ गते रौतहटको गौरमा कार्यकर्ता भेला र वीरगञ्जमा आमसभा गर्नेछ। साँझ उद्योग वाणिज्य संघको सभाकक्षमा उद्योगी–व्यवसायीसँग छलफल र अन्तरक्रिया राखिएको छ। चैत ७ गते बाराको निजगढमा आमसभा र बर्दिबासमा महोत्तरीको अगुवा कार्यकर्ता भेला तय भएको छ।

यसैगरी चैत ८ गते सिराहाको लाहानमा कार्यकर्ता भेला गरेर सप्तरीको बोदेबर्साइन नगरपालिकामा आमसभा गर्ने कार्यक्रम तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

सरकारसमक्ष ४० बुँदे माग अघि सार्दै आन्दोलन थालेको राप्रपाले यही चैत २७ गते काठमाडौंमा बृहत् जनप्रदर्शन गर्दैछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?