नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ अर्घाखाँचीमा नयाँ शैक्षिक शत्रका पाठ्यपुस्तक बिक्रि वितरण सुरु

अर्घाखाँची । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा अर्घाखाँचीमा नयाँ शैक्षिक शत्रका लागि सामुदायिक विद्यालयका पाठ्यपुस्तक बिक्रि कार्य सुरु भइसकेको छ ।

पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको छाता संगठन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ अर्घाखाँचीले २०८१ का लागि नयाँ पाठ्यपुस्तक बिक्रि कार्य सुरु गरेको हो । विगतका वर्षहरुमा कुनै व्यक्तिलाई महासंघले बिक्रि वितरणको जिम्मा दिइएकोमा यस वर्षदेखि महासंघमा आवद्ध व्यवसायीहरुले संयुक्त रुपमा डिपो संचालन गरेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ अर्घाखाँचीका अध्यक्ष प्रदिप भण्डारीले जानकारी दिए ।

उनका अनुसार समयमै विद्यालयमा पाठ्यपुस्तक पु¥याउने उद्देश्यका साथ डिपो संचालन गरिएको हो । उनले जिल्लाका सबै विद्यालयहरुलाई आवश्यक पाठ्यपुस्तक डिपोमा समयमै टिपाउन आग्रह गरे ।

स्टेशनरी व्यवसायी विनोद गेरैलाई कार्बाही 

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ अर्घाखाँचीले स्टेशनरी व्यवसायी विनोद गरैलाई संस्थाको साधारण सदस्य समेत नरहने गरी कार्बाही गरेको छ ।

गैरेले संस्थाको निर्णय र व्यवसायीक मर्यादा विपरित गतिविधी गरेको भन्दै प्रेस विज्ञप्ति जारी गर्दै महासंघले कार्बाही गरेको छ  । गैरे नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ अर्घाखाँचीका कोषाध्यक्ष समेत थिए ।

यस अघि विद्यालयका पाठ्यपुस्तक समेत विनोद गैरेलाई महासंघले बिक्रि गर्ने जिम्मेवारी दिइएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नबिन रसाइली
लेखकको बारेमा

नबिन रसाइली

रसाइली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?