पाणिनी : जंगली जनावरबाट बाली जोगाउन स्थानीयलाइ भोटे कुकुर वितरण 

अर्घाखाँची । पाणिनि गाउँपालिकाको वडा नम्बर २ ले जंगली जनावरको नियन्त्रण गर्न स्थानीयलाई भोटे कुकुर बितरण गरेको छ ।

वडा नं. २ को  आर्थिक वर्ष २०८०र०८१ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत बाँदर, बँदेल, दुम्सी लगायतका जङ्गली जनावरबाट किसानको खेती जोगाउनको लागि शुद्ध नश्लका भोटे कुकुर खरिद गरी बितरण गरीएको हो ।

जंगली जनावरको बिट्ठयाँइले कृर्षकका अन्नबाली जोगाउन मुस्किल भएपछि वडा कार्यालयले शुद्ध नश्लका भोटे कुकुर वितरण गरेको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए। “अहिले ग्रामीण भेगमा बाँदर, बँदेल, दुम्सी लगायतका जंगली जनावरले किसानहरूलाई सताइरहेका छन् ।” वडाध्यक्ष पौडेलले भने “ रैथाने कुकुरलाई जंगली जनावरले  नटेर्ने र ति कम सक्रिय हुने हुदा, भोटे कुकुर आक्रमक र सकृय पनि हुने भएकोले जंगली जनावरको आतंक कम गर्न सकिने विश्वास लिएका छौ।”

वडा कार्यालयले वडामा ९ वटा भोटे कुकुर वितरण गरेको छ । वितरण गर्दा भौगोलिक बनावट, बसोवासको अवस्था तथा कृषी गर्ने स्थानको आधारमा वितरण गरीएको वडाध्यक्ष पौडेलले बताए । वितरण गरीएका कुकुर कास्कीमा हुर्कीएका शुद्ध नश्लका स्वस्थ भोटे कुकुर रहेको उनको भनाई छ ।

भोटे कुकुर पाए पछि बाँदर, बँदेल, दुम्सी लगायतका जंगली जनावरहरु नियन्त्रणमा सहयोग पुग्ने आशा लिएको स्थानीयले प्रतिकृया दिए । वडाले दिएका कुकुरहरुलाई राम्रोसंग हेरचाह गरी हुर्काउन र सहि तरीकाले परिचालन गर्न अध्यक्ष पौडेले स्थानीयलाई अनुरोध गरेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?