शितगंगा : घरदैलोमै सेवा प्रवाह गर्नका लागि घुम्ती शिविर, स्थानीय खुसी

अर्घाखाँची । शितगंगा नगरपालिकाले स्थानीय नागरिकलाई घरदैलोमै सेवा प्रवाह गर्नका लागि घुम्ती शिविर गरेको छ ।

नगरपालिकाले वडा नम्बर १४ मा सञ्चालन गरेको शिविरबाट ४० जनाको निशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको छ । पाठेघरको मुखमा हुने क्यानसरको जाँच तथा सम्भावित क्षयरोगको लागि नमुना संकलन गरिएको छ ।

नगरपालिकाले सञ्चालन गरेको घुम्ती शिविरबाट ८४ जना ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको थियो । ७ जनाले अपाङगता भएका परिचयपत्र बितरण तथा परिचयपत्रका लागि निवेदन संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

लामो दुरि हिडेर नरपालिकामा लिनुपर्ने सेवा वडास्तरबाटै प्रदान गरिने सेवा लिन पाउँदा आफुहरुलाई सहजखुशी लागेको र स्थानीय सरकारको अनुभूति भएको स्थानीयले बताए ।

नगरपालिकाको कार्यालयबाट प्रदान गरिने सेवालाई नागरिकको घरदैलोबाटै सेवा प्रदान गर्ने आफुहरुको लक्ष्यअनुसार नै शिविर सञ्चालन गरिएको योजना अधिकृत नुमलाल खनालले जानकारी दिए ।

भुगोलको हिसावले टाढा रहेका वडा ६, ७, ८, १० र १४ लगायतका वडाका नागरिकलाई वडा र टोलस्तरबाटै शिविरको माध्यमबाट सेवा प्रवाह गर्ने उदेश्यले शिविर सञ्चालन गरिएको हो ।

शिबिरमा नगर प्रमुख छबिलाल पौडेल ,स्वास्थ शाखा प्रमुख दामोदर ढकाल महिला तथा बालबालिका शाखाका रमा पाण्डे, अपाङ्ग परिचय पत्र बितरण समितिका शंकर अर्याल, डाक्टर शुभेक्क्षा शर्मा , नगरपालिका प्रशासन शाखा प्रमुख ओम पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?