नेपाल र आयरल्याण्ड उल्भस् भिड्दै

काठमाडौं । नेपाल र आयरल्यान्डस उल्भसबीचको दुई खेलको टी–ट्वेन्टी सिरिज आजदेखि सुरु हुँदै छ।

नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज पहिलो खेल खेल्न लागेको हो। त्रिवि क्रिकेट मैदानमा खेल दिउँसो १ बजे शुरु हुने छ।

यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल कप्तान, आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकास चन्द रहेका छन्।

नेपाली टोलीले आयरल्याण्ड ए सँग भोलि अर्को खेल खेल्ने छ।  नेपालले आगामी टी–२० क्रिकेट विश्वकप र एसिया कप छनोटको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो।  प्रिमियर कप सुरु हुन ३ साताभन्दा कम समय बाँकी रहँदा नेपालले आइरीस टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाली टोली त्यसपछि भारत प्रस्थान गर्ने छ। टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी–२० फ्रेन्डसिप कप खेल्नेछ। मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी–२० कप त्रिकोणात्मक सिरिज हुने छ।

हङकङ भ्रमण गरेर स्वदेश फर्किएपछि एक साता आराम गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तीन दिनअघि आयरल्यान्ड्स उल्भसविरुद्धको सिरिजका लागि अभ्यास थालेको थियो। तर खराब मौसमका कारण टिमले योजनाअनुरुप प्रशिक्षण गर्न पाएन।

नेपालभन्दा बलियो टोली आयरल्यान्डको ए टिम पनि निकै मजबुत छ। १५ सदस्यीय आइरिस टोलीका कप्तान निल रकले सिनियर टोलीका लागि तीन ओडीआई र १९ टी–२० आई खेलिसकेका छन्।

उल्भसले नेपालको सिनियर टोलीसँगको सिरिजपछि नेपाल एसँग ३ खेलको टी–ट्वेन्टी र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ। यसै सिरिजका लागि क्यानले विनोद भण्डारीको कप्तानीमा दुई फरक टोली घोषणा गरेको छ।

नेपाल एले आयरल्यान्डसँग यही चैत १५, १६ र १८ गते टी–ट्वेन्टी सिरिज खेल्नेछ। त्यसैगरी चैत २१, २३ र २५ गते एक दिवसीय सिरिज खेल्नेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?