उपनिर्वाचनमा एमालेलाई हराउन कसैले सक्दैन : ओली

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमालेविरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने जिकिर गरे।

अध्यक्ष ओलीले तत्कालीन अवस्थामा एमालेका हस्ती नेताहरुले पार्टी विभाजन गरेर जाँदा पनि पार्टीले धेरै ठाउँमा हारको सामना गर्नुपरेको स्मरण गराए ।

उनले भने, ‘विगतमा विभिन्न कारणले र एउटा महत्वपूर्ण कारण हाम्रा बिरुद्धको अत्यन्तै खतरनाक गठबन्धन हामी एकातिर अरु सबै एकातिर भएको अवस्था त्यसको हामीले सामना गर्नुपरेको थियो । पराजयको पीडा व्यहोर्नुपरेको थियो। यसपल्ट हामी त्यस पीडालाई सुखद् परिणामतर्फ रुपान्तरित गर्न चाहन्छौं। परिवर्तन गर्न चाहन्छौं। यसपटक हामी हार्दैनौं । यस पटक हामी जित्छौं ।’

अध्यक्ष ओलीले एमालेले सो उपनिर्वाचनमा हार्नुपर्ने कुनै कारण नरहेको पनि बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?