नेपाली जनसम्पर्क समिती कतारको बृहत् इफ्तार कार्यक्रम भव्य रुपमा सम्पन्न

इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा दोहाको न्यु सलाता स्थित कतार च्यारिटीको हलमा जनसम्पर्क समिति कतारका कार्यबाहक सभापती ठाकुर कुमार परियारको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा “बृहत् इफ्तार कार्यक्रम ” भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रममा इस्लामिक धर्मावलम्बीहरु तथा मौलानाहरु, एन आर एन ए एन सि सी कतार, वैचारिक संगठन, नेपाली महिला समाज लगायत कतारमा स्थापित सम्पुर्ण संघ संस्थाहरु , पत्रकारहरु लगायतको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको शुभारम्भ मौलाना ईशहाक नदबिले कुरान तिलावतबाट गरेका थिए ।

कार्यक्रममा मौलाना नजिर मियाले रमजान महिना र रोजाको महत्त्वका बारे बयान गरेका थिए । त्यसैगरी मौलाना काशिम राइनले इस्लाम धर्म र हिन्दु धर्मका समानताका बुँदामाथी प्रकाश पारेका थिए। कार्यक्रममा नेपाली महिला समाज कतारका अध्यक्ष माया केसि , एन आर एन ए एन सि सि कतारका कार्यबाहक अध्यक्ष कृष्ण पन्थी , जनसम्पर्क समितिका सल्लाहकार मोहम्मद शाकिर अलि , १४ औं महाधिवेशन प्रतिनिधि राज रेग्मी, मौलाना गुलाम नबि रजबी लगायतको शुभकामना मन्तव्य रहेको थियो ।

शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथी ढकालले कतारमा स्थापित संघ संस्थाहरुले यसरी इफ्तार कार्यक्रम गरेको देख्दा आफुलाई अत्यन्तै खुशी लागेको बताए । जसरी कतारमा रहेका नेपालीहरु सबै धर्म संस्कृतिलाई सम्मान गर्दै आपसी भाइचाराका साथ बसेका छौं नेपालमा पनि सबैमा यस्तै सोंच र आत्मियता रहन सके देशको अवस्थामा सुधार आउने बताए ।

कार्यक्रमको समापन गर्दै सभापति ठाकुर कुमार परियारले जनसम्पर्क समिती कतारले सदाका वर्षहरुमा जस्तै यस वर्ष पनि बृहत् इफ्तार कार्यक्रम गरेको बताए।उनले संस्थाको निमन्त्रणालाई स्वीकार गरेर पाल्नुहुने सम्पुर्ण अतिथि गणहरु प्रती हार्दिक आभार प्रकट गर्दै कार्यक्रमलाई भव्य र सभ्य रुपमा सु-सम्पन्न गराउनको लागि हरेक कोणबाट सहयोग गर्ने कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु लगायत सबैलाई स-हृदय धन्यवाद व्यक्त गरेका थिए।

जनसम्पर्क समिती कतारका सह-महामन्त्री खगेन्द्र खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण संस्थाका महामन्त्री केदारनाथ भुसालले गरेका थिए

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सन्ध्या अर्याल
लेखकको बारेमा

सन्ध्या अर्याल

अर्याल समाचारपोष्ट डटकमकी कतार ब्युरो प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?