एसिसी प्रिमियर कप : नेपाल-यूएई भिडन्त आज

काठमाडौं । ओमानमा जारी एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र यूएईबीचको खेल आज हुँदैछ । यी दुई चीरप्रतिद्वन्द्वी आज बिहान पौने १२ बजे आमनेसामने हुन लागेका हुन्।

महिला, पुरुष र उमेर समुहका प्रतियोगितामा सँधै एक अर्काको तगारो बन्दै आएका छन्। नेपाल र युएईबीचको खेल सँधै रोचक मात्र हुँदैन प्रतिस्पर्धात्मक हुने गर्छ । समान स्तरका यी दुई टोली जति एक(अर्काका लागि परिचित छन्।

यस पटक फेरी एसिया कप छनोटको महत्वपूर्ण खेलमा यी दुई आमनेसामने हुनेछन्। यो प्रतियोगिताको विजेता फाइनलमा प्रवेश गर्ने भएकोले यो खेल जित्नु दुवैका लागि महत्वपूर्ण हुनेछ।

प्रिमियर कप अन्तर्गत समूह चरणका सबै खेल जित्दै नेपाल विजेताका रुपमा सेमिफाइनल पुगेको हो। नेपालले समूह एको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र अन्तिम खेलमा साउदी अरेबियालाई ६ विकेटले हराउँदै अन्तिम ४ मा स्थान बनाउँदा यो समूहबाट हङकङ उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ।

यूएई भने घरेलु टोली ओमानसँग पराजित भएको थियो। ओमानसँग ९ विकेटले पराजित यूएईले बहराइनलाई ३७ रनले हराएको थियो। यस्तै कुवेतलाई सात विकेटले हराएको थियो। कम्बोडियामाथि ९ विकेटको जित निकाल्दै यूएईले नेपालसँगको भेट पक्का गरेको हो।

पछिल्लो एक दशकदेखि कट्टर प्रतिद्धन्द्वी यी दुईले एक दिवसीय र टी(ट्वेन्टीमा जित(हारको लुकामारीनै गरिरहेका छन्।

टी–२० अन्तर्राष्ट्रियमा नेपाल र युएईबीच अहिलेसम्म ९ खेल भएका छन्। नेपालले ५ खेल जित्दा युएईले ४ खेल जितेको छ। एक दिवसीयमा नेपालले सबैभन्दा बढि युएईसँगनै खेलेको छ। युएईसँग १५ एक दिवसीय अन्तर्राष्ट्रिय खेल्दा नेपालले ९ खेल जितेको छ भने ६ खेल गुमाएको छ।

पछिल्लो पटक टी(२० विश्वकप अन्तर्गत एसिया छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै नेपालले दोस्रो पटक विश्वकपमा स्थान बनाएको थियो।

एक दिवसीय फरम्याटमा घरेलु मैदानमै गत संस्करण भएको एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई नै ७ विकेटले हराउँदै नेपालले पहिलो पटक एसिया कप खेलेको थियो।

पुरुष टोली बाहेक महिला र उमेर समूहमा पनि युएई नेपालका लागि बाधक बन्ने गरेको छ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?