छत्रदेवको शान हाडेखोला लिफ्ट खानेपानी निर्माणमा तिव्रता

अर्घाखाँची,        वर्षौंदेखि खानेपानी समस्या झेल्दै आएका अर्घाखाँचीको छत्रदेवका अधिकांश बस्तीमा खानेपानी पु¥याउने उद्देश्यले गौरवको योजना शुरु भएको छ । छत्रदेव गाउँपालिका अन्तर्गत वडा नम्बर १ देखि वडा नम्बर ५ सम्मका बस्तीमा झण्डै २ हजार घरधुरीमा खानेपानी पहुँच पु¥याउने उद्देश्यले योजना शुरु गरिएको हो ।

छत्रदेव गाउँपालिका वडा नम्बर ४ मा खानेपानी योजना अगाडि बढेको हो । खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यलय अर्घाखाँचीको कोट हाडेखोला चिदिका बृहत् लिफ्ट खानेपानी तथा सरसफाइ योजना निर्माणको काम दु्रतगतीमा अगाडी बढेको खानेपानी सरसफाइ तथा ढल व्यवस्थापन कार्यलयका प्रमुख इन्जिनियर किरण आचार्यले जानकारी दिनुभयो ।


विगतमा एउटा टोलमा एउटा खानेपानी धारा थियो भने योजना सम्पन्न भएपश्चात हरेक घरधुरीमा खानेपानी धारा निर्माण गर्नेगरी योजना शुरु गरिएको छ । यो योजनाले छत्रदेव गाउँपालिका वडा नम्बर १ देखि ५ सम्मका झण्डै २ हजार घरधुरीले धारा जडान गर्ने र २२ वटा ट्यांकी निर्माण हुनेछन् । आयोजनाको ४८ प्रतिशत काम सम्पन्न भएको आचार्यले बताउनुभयो ।
खाँनेपानी आयोजना निर्माणका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यलय अर्घाखाँचीको ३० करोड २२ लाख ३१ हजार ९ सय ३७ तथा स्थानीय उपभोक्ताको १० प्रतिशत जनश्रमदानबाट खानेपानी तथा सरसफाइ योजना निर्माण हुन लागेको हो ।

२०८० साल जेठ २६ गतेबाट शुरु गरिएको उक्त आयोजना आगामि ०८१ चैत्र सम्ममा सम्पन्न गर्ने योजना रहेको छ ।
योजना निर्माण गर्न १० प्रतिशत जनश्रमदान गर्नुपर्ने भएपछि हरेक घरधुरीबाट एक जना काममा जुटेका हुन् । खानेपानी योजनाको शाखा लाइन निर्माण गर्दा जनश्रमदानको काम धेरै हुने भएकोले अहिले स्थानीयले रेखदेख गर्ने गरेको कामको जिम्मेवारी लिएको बिडारी निर्माण सेवाका सञ्चालक राजकुमार बिडारीले बताउनुभयो ।
यो गाउँपालिकामा खानेपानीको निकै ठूलो समस्या रहेको थियो भने धेरैका घरमा आकासे पानी संकलनका लागी घैंटा निर्माण गरी खानेपानी व्यवस्थापन गर्दै आएको र अहिले खानेपानी योजनाहरु निर्माण हुँदा निकै खुसी लागेको स्थानीय युवा भानु पराजुली बताउँछन् ।


विगतमा निर्माण भएका सानातिना खानेपानी योजना मर्मत संम्भार हुन नसक्नु,पुराना मुहान सुक्दै जानु र जनसंख्या वृद्घि जस्ता कारणले गाउँमा पानी अभाव हुन थालेपछि स्थानीयको मागअनुसार बजेट व्यवस्थापनका लागि मन्त्रालय डौडधुप गरी गौरवको योजना निर्माण गर्न शुरु गरिएको छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो ।
एक गाग्री पानीका लागि घण्टौ समय खर्चनुपर्ने बाध्यतामा रहेका छत्रदेवका वासिन्दामा यो योजना सम्पन्न भएपछि सबैको घरमा खानेपानी धारा, धाराबाट बचत भएको पानी तरकारी बगैंचा निर्माण गरिने भएपछि स्थानीयमा खुसीयाली छाएको छत्रदेव ४ केरुङगाका युवा सञ्जय पाण्डेले जानकारी दिनुभयो । लामोसमय खर्चेर पानी ल्याउनुपर्ने बाध्यता हट्ने भएपछि स्थानीयहरु योजना सम्पन्न गर्न रातदिन नभनी लागीपरेको उहाको भनाइ रहेको छ ।
सो क्षेत्रमा खानेपानीको समस्याकै कारण देखाउदै बर्षेनी बसाइसराई गर्ने दर समेत बढेको स्थानीयको भनाइ रहेको छ । आयोजना सम्पन्न भएपश्चात बसाइसराई समेत रोकिने अपेक्षा गरीएको पाण्डेको बुझाइ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?