भानु मावि को अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न, २ लाखकाे अक्षयकाेष स्थापना

अर्घाखाँची । पाणिनि गाउपालिका वडा नम्बर ५ को भानु माध्यमिक विद्यालयको अभिभावक भेला, वार्षिक नतिजा बिश्लेषण तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।

बिद्यालयको प्राङ्गणमा मंगलबार सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वार्षिक परिक्षामा कक्षागत प्रथम, द्धितिय तथा तृतीय हुने बिद्यार्थि, खेलकुदमा उत्कृष्ट विद्यार्थी, नियमित, जेहेन्दार, अनुसाशित विद्यार्थिहरुलाई पुरस्कार बितरण गरीएको छ ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै बिद्यालयका शिक्षक छबिलाल भट्टराईले बिद्यार्थिको सिकाई प्रभावकारी बनाउन शिक्षकको पहलले मात्र नहुने बताउदै अभिभावकको निगरानी र विद्यार्थिमा लगनशिलता आवश्यक रहेको बताए। बिद्यालयमा भएका कमिकमजोरीहरु सुझावको रुपमा दिन आग्रह गर्दै उनले सुधार गर्दै लैजाने बताए ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पाणिनि गाउँपालिकाका शिक्षा अधिकृत तेजबहादुर खनालले भानु माध्यमीक विद्यालय भौतिक संरचनामा कमि नरहेको भन्दै अव शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह गरे । उनले बिध्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षक एक्लैको प्रयासलेमात्र नहुने बताउदै बिद्यार्थि, अभिभावक सबैको उत्तिकै महत्व रहेको बताए । समुदायस्तरका विद्यालयमा अभिभावकको बिशेष चासो भए शैक्षिक गुणस्तर बढ्नेमा उहाँले जोड दिए । उनले विद्यार्थिको भविष्यसंग अभिभावक प्रत्यक्ष रुपमा जोडिनुपर्ने पटक पटक दोहोर्याए ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोग अर्घाखाँचीका अध्यक्ष यादव प्रसाद घिमिरे, पाणिनि गाउँपालिका वडा नम्बर ५ का पूर्व वडा अध्यक्ष जिवलाल घिमिरे लगायतले मन्तब्य राखेका थिए । बक्ताहरुले पुरस्कृत बिद्यार्थिहरुकोलाई बधाई सहित उज्ज्वल भविष्यको कामना गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधारमा लाग्नु पर्ने बताएका थिए ।

सोहि अबसरमा पाणिनि गाउँपालिका वडा नम्बर ५ निवासी कृष्ण प्रसाद अधिकारी र नारायण प्रसाद अधिकारीले बिद्यालयमा २ लाख रुपैयाँको अक्षयकोषको स्थापना गरेका छन । स्वर्गिय बुबा आमाको नाममा बिद्यालयमा अक्षयकोषको स्थापना गरेका हुन । छोरा नारायण प्रसाद अधिकारीले आज सो रकम बराबरको चेक हस्ताण्तरण गरे । चेक हस्तान्तरण गर्दै अधिकारीले २ दाजुभाईको सल्लाह बमोजिम अक्षयकोषको स्थापना गरीएको भन्दै उक्त रकमले बिध्यालयका असहाय बिद्यार्थीहरुको शैक्षिक समाग्रीमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।

अक्षयकोष स्थापना गर्ने नारायण प्रासाद अधिकारीलाई बिद्यालयले दोसल्ला ओडाएर सम्मान समेत गरेको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै वडा अध्यक्ष इन्द्रमणि घिमिरेले बिध्यालयको शैक्षि गुणस्तरमा बृद्धि गर्न वडाको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग रहने बताउदै अक्षयकोष दातालाई धन्यवाद समेत ब्यक्त गरेका थिए ।

कार्यक्रम वडा अध्यक्ष इन्द्रमणि घिमिरेको अध्यक्षता, शिक्षक छबिलाल भट्टराईको स्वागत तथा प्रधानाध्यापक जिवलाल पोखरेलकोे संचालनमा सम्पन्न भएको थियो ।

आजै बिद्यालयले हिरलाल भट्टराईको अध्यक्षतामा विद्यालय ब्यवस्थापन समिति गठन गरेको छ । यस्तै अभिभावक संघमा समेत पदाधिकारी चयन गरेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?