सुनिमायालाई संगै काटौला जुनी मायालाई सार्वजनिक

अर्घाखाँची । लोक दोहरीको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायिका सुनितामी परियारको नयाँ लोक दोहरी गीत सुनिमायालाइर्, संगै काटौला जुनी मायालाई सार्वजनिक भएको छ ।

हाम्रै मौलिक पञ्चेबाजामा निकालिएको यस गीतमा माया र प्रेम मात्र हैन् । अर्घाखाँची र बाग्लुंगका धार्मिक तथा पर्यटकीय स्थलहरुको गीत र संगीतको माध्यमबाट चर्चा गरिएको छ ।
अर्घाको दरबार जोडियो घरबार ।
सुपा देउराली माई रिमै सुनिमायालाई ।।

ऐतिहासिक तथा पर्यटकीय धार्मिक स्थलहरु अर्घाखाँचीको सुपा देउराली, अर्घा दरवारलाई समेटेर अर्घाखाँची सहितका आसपासका जिल्लामा मन पराउने भाकामा गीत आएपछि जिल्लाका लोक संगीत र लोक सस्कृती प्रेमीमात्र हैन् । अर्घाखाँचीका व्यवसायी तथा पर्यटन व्यवसायीहरु पनि खुशी भएका छन् ।

गीतको म्यूजिक भिडियो, अर्घाखाँची जिल्लाको प्रसिद्ध सुपा देउराली मन्दिर, अर्घा भगवती मन्दिर लगायत विभिन्न पर्यटकिय स्थलमा छाँयाकंन गरिएको छ । यस गीतको म्युजिक भिडियोले जिल्लाका पर्यटकीय स्थलको प्रचारप्रसारमा पनि सहयोग पुगेको छ ।

सुनितामी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायिका सुनितामी परियार र गायक ईश्वर सिंहको स्वर रहेको छ । गीतलाई शिव हमालले लेखेको र संगीत ईश्वर सिंहलेनै निर्माण गरेका हुन् ।

सपनी तिम्रै म पनि तिम्रै ।
हैनर पियारी, रिमै सुनीमायालाई ।।

जस्ता अति उत्कृष्ट नयाँ तथा पुरानो दुवै पुस्ताले मन पराउने शव्द तथा लयमा निकालिएको गीतकोम्यूजिक भिडियोलाई विनोद भण्डारीेले निर्देशन गरेका छन । अर्घाखाँचीको प्रसिद्ध अर्घाको पञ्चेवाजा सहित बनाइएको, पञ्चेबाजाको धुनमा गाइएको गितमा गायिका सुनितामी परियार आफैले मोडलिंग पनि गरेकी छिन् । उनलाई बिनोद भण्डारी, रेजिना सुनाम र सन्तोष शर्माले साथ दिएका छन् ।

पञ्चेबाजाँको धुन रहेको लोक गित सार्वजनिक भए पछि गायिका सुनितामी परियारले आफ्ना अघिल्ला गितसंगित जस्तै यसले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरेकी छिन् ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २ मा जन्मिएकी गायिका सुनितामीको यस अघि माइती घर जाऊँ, मलाई घाइते पारेयोनी, निर जाले, सलल पानी लगायतका दर्जनौ गीतहरु बजारमा सार्वजनिक भैसकेका छन् ।

गीतले अर्घाखाँचीको लोक सस्कृति मात्र हैन हाम्रो परम्परा र धार्मिक पर्यटकीय स्थलको प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा लिएको लोक दोहरी गीत प्रतिष्ठान अर्घाखाँचीका पुर्व अध्यक्ष तथा समाजसेवी व्यक्तित्व सहयोगी विसीको भनाइ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रेमनारायण आचार्य
लेखकको बारेमा

प्रेमनारायण आचार्य

विगत डेढ दशक देखि राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकार आचार्य समाचार पोष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?