पाणिनिको मैदानमा वैदिक सनातन धर्मसेवा समाज, अर्घाखाँचीको कार्यालय उद्घाटन

अर्घाखाँची ।
वैदिक सनातन धर्मसेवा समाज, अर्घाखाँचीले एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गरेको छ ।
सस्थाका गतिविधिहरुलाई पारदर्शी एवम् व्यवस्थित बनाउदै लैजाने उद्देश्यले कार्यालयको शुभारम्भ गरिएको हो ।

वि.सं. २०७१ सालमा अनौपचारिक रूपमा सुरुवात गरिएको यो संस्था २०७८ सालदेखि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा विधिवत् रूपमा दर्ता भई आफ्ना धार्मिक तथा सामाजिक कार्यक्रमहरूलाई अगाडि बढाउँदै आएको छ । एउटा झोलामा आवश्यक कागजपत्र राखेर कार्यक्रम सञ्चालन गर्दै आइरहेको उक्त संस्थाले आजदेखि पाणिनि ५, मैदानमा रहेको साविक गा.वि.स. भवनलाई आफ्नो कार्यालयका रुपमा प्रयोगमा ल्याउने भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका तर्फबाट उपाध्यक्ष विष्णुप्रसाद घिमिरेले एउटा धार्मिक एवम् सामाजिक संस्थालाई कार्यालयको रूपमा भवन उपलब्ध गराएकोमा पाणिनि ५ मैदानका वडा अध्यक्ष इन्द्रमणि घिमिरेलाई धन्यवाद प्रदान गरेका थिए। त्यसैगरी कार्यक्रममा बोल्ने वक्ताहरुले वैदिक सनातन धर्म सेवा समाज अर्घाखाँची का गतिविधिहरु अत्यन्तै सान्दर्भिक र समाज उपयोगी रहेको निष्कर्ष समेत प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि एवं पाणिनी ५ मैदानका वडा अध्यक्ष इन्द्रमणि घिमिरेले वैदिक सनातन धर्मसेवा समाज नामक संस्थासँग आफु सधैं साथमा रहने र आवश्यक सहयोगको लागि पछि नहट्ने बताएका छन् । कार्यक्रममा नेपाली काङ्ग्रेस, पाणिनि-५, मैदानका सभापति गणेश घिमिरे, सस्थाका सदस्य हिमलाल पौडेल, आजीवन सदस्य देवीप्रसाद पोख्रेल, रामप्रसाद घिमिरे, पत्रकार कमला घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

पाणिनि-५, मैदानमा आयोजित उक्त कार्यक्रममा वैदिक सनातन धर्मसेवा समाजका पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू, आजीवन सदस्यहरू तथा धर्मप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख आतिथिको रूपमा पाणिनि- ५, मैदानका वडा अध्यक्ष इन्द्रमणि घिमिरे एवम् अध्यक्षता संस्थाका अध्यक्ष चन्द्रमणि घिमिरेले गरेका थिए भने कार्यक्रमको सन्चालन महासचिव अनन्तप्रसाद घिमिरेले गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?