शितगंगा नगरपालिकाले गर्भवती महिलाहरूको वडा तहमै पुगेर निःशुल्क अल्ट्रासाउन्ड सेवा

अर्घाखाँची । शितगंगा नगरपालिका अर्घाखाँचीले पालीकामा रहेका सबै गर्भवती महिलाहरूको वडा तहमै पुगेर निःशुल्क अल्ट्रासाउन्ड सेवा प्रदान गरेको छ ।

स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाका सबै वडामा गर्भवती महिलाहरूका लागि निःशुल्क अल्ट्रासाउन्ड गर्ने कार्यक्रमले गर्भवतीहरूका लागी निकै सहज भएको छ । शितगंगा नगरपालिका वडा नं. १ सुवर्ण खालमा रहेको स्वास्थ्य केन्द्रबाट वैशाख २ गते देखि सुरु भएको शिविर १९ गते सम्पन्न भएको छ । शिविरमा १५५ जना गर्भवतीको अल्ट्रासाउन्ड गरिएको स्वास्थ्य शाखाका लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकाभित्र रहेका १४ वटा वडामा रहेका स्वास्थ्य संस्थामा पुग्ने गरी कार्यतालिका बनाएरै अल्ट्रासाउन्ड गर्ने कार्य सम्पन्न भएको हो ।

नगरपालिकाले प्राथमिक उपचारमा समेत पछाडि रहेका गाँउहरुमा चिकित्सक सहितका अन्य घुम्ती शिविरसमेत सञ्चालन गरेकाले निकै सहज महसुस नगरवासीले गरेको शितगंगा–४ का समाजसेवी दिल बहादुर गुरुङले बताउनुभयो । देशकै ठुलो नगरपालिका भएकाले भौगोलिक कठिनाइका कारण सामान्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने बाध्यता बाट गुज्रिएका नगरवासी शिविर सञ्चालनबाट निकै खुसि भएका छन् ।

गर्भवती महिलाहरू शारीरिकरुपमा समेत कमजोर हुने भएकाले घुम्ती अल्ट्रासाउन्ड सेवा यो वर्षको वार्षिक कार्यक्रम अनुसार पहिलो चरणमा शुरु गरिएको नगर प्रमुख छविलाल पौडेलको भनाई रहेको छ ।

अल्ट्रासाउन्ड गर्नका लागि बुटवलसम्म जाने गर्भवती महिलाहरूलाई वडाबाटै सेवा लिन सकिन्छ भन्ने विश्वास दिलाउन समेत यसले सहयोग पु¥याएको नगरपालिका प्रमुख पौडेलले बताउनुभयो ।

ग्रामीण क्षेत्रका सम्पूर्ण गर्भवती आमाको अवस्था र बच्चाको अवस्था कस्तो छ भनि अल्ट्रासाउन्डमार्फत जाँच्ने र अवस्थाअनुसार नियमित फलोअप गर्न नियमितरुपमा स्वास्थ्य चौकीमा जँचाउन जानुपर्छ भन्ने सन्देश दिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको भनाइ छ ।

नगरपालिका योजना शाखाका प्रमुख नुमलाल खनालले यसबाट धेरै सेवाग्राहीहरू लाभान्वित भएको र स्थानीयको पैसा समेत बचत भएको बताउनुभयो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?