वेष्ट इण्डिज ‘ए’ विरुद्ध आज अन्तिम खेल खेल्दै नेपाल

काठमाडौं । वेष्ट इण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत नेपालले शनिवार अन्तिम खेल खेल्दैछ। खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ।

यद्यपि नेपालले वेष्ट इण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी-२० ३–१ ले गुमाइसकेको छ।

श्रृङ्खलाको पहिलो खेल जितेको नेपालले त्यसयता तीन खेलमा लगातार पराजय हात पार्‍यो। पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रनले पराजित भयो । चौथो खेलमा २८ रनले पराजित हुँदै नेपालले वेष्ट इण्डिजलाई सिरिज सुम्पिएको हो।

आगामी जुनमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच मैत्रीपूर्ण खेल भइरहेको हो।

विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा संयुक्तरूपमा आयोजना हुँदैछ। विश्वकपमा नेपाल समूह ‘डी’ समूहमा छ। यहाँ दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन्। वेष्ट इण्डिज समूह ‘सी’ मा छ । यो समूहमा न्युजिल्याण्ड, अफगानिस्तान, पपुवा न्यूगिनी र युगाण्डा छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?