पहाडी भेगका केही ठाउँमा आज हल्का वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी भेगका केही ठाउँमा हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले अबको एक हप्ताभित्र हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण सार्वजनिक गरिसकेको छ । महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि–मौसम पूर्वानुमान बुलेटिनमा सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने उल्लेख छ ।

पश्चिमी न्यून चापीय प्रणालीले पानी पार्ने बादल नेपालसम्म ल्याउने देखिएकोले केही ठाउँमा पानी पर्ने मौसमविदले बताएका छन् ।

लामो समय पानी नपर्दा देशभर गर्मी र प्रदूषणसँगै आगलागीका घटना बढेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?