गुल्मीमा माटाको ढिस्कोले पुरिएर महिलाको मृत्यु , एक जना घाइते

गुल्मी । गुल्मीमा माटाको ढिस्कोले पुरिएर एकजना महिलाको ज्यान गएको छ भने एकजना घाइते भएकी छन्। जिल्लाको जिल्लाको रेसुंगा नगरपालिका -१४, पराल्मी चौराहाकी ५५ वर्षीया विष्णु रानाको मृत्यु भएको हो।

त्यस्तै ढिस्कोले लागेर सोही स्थानकी ५४ वर्षीया हुमकला राना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

शनिबार दिउँसो १:३० बजेको समयमा घर लिप्ने माटो लिन एकै गाउँका ६ जना गएका थिए। माटो खनिरहेका बेला अचानक ढिस्को खसेर घाइते भएकी विष्णुको गुल्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतककी जेठानी हुमकला घाइते भएको र बोल्न नसक्ने अवस्थामा रहेकी छन्। उनको उपचार गुल्मी अस्पतालमा भइरहेको छ। घटनास्थलमा उद्धारका लागि प्रहरी निरीक्षक किरण सापकोटाको कामना प्रहरीको टोली पुगेको थियो।  घटनाबारे थप अनुसन्धान भइरहेको छ। अन्नपूर्णबाट

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?