केपी ओलीको निर्देशन-दीर्घ सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन हतार नगर्न निर्देशन दिएका छन् ।

शनिबार राति प्रमुख सचेतक सुरेन्द्र पालसहित ओलीलाई भेट्न पूर्वमुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलसँगको भेटमा ओलीले हतार नगर्न निर्देशन दिएका हुन् ।

‘अध्यक्ष कमरेडसँग उहाँकै निवास बालकोटमा करिब साढे २ घण्टासम्म कुराकानी भयो,’ रावलले भने, ‘मुख्यमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा हतार नगर्नुहोस् भन्नुभयो । समय बाँकी हुँदै मुख्यमन्त्रीले किन हतार गर्नुभएको छ ? भनेर चासो राख्नुभएको थियाव ।’

रावलले बझाङ उपनिर्वाचनबाट निर्वाचित दमनबहादुर भण्डारीले बुवाको किरियाकर्म सकेर शपथ ग्रहण गरेपछि विश्वासका सम्बन्धमा निर्णय लिइने उल्लेख गरे ।

६ वैशाख एमालेसहित गठबन्धनमा आवद्व दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका एकीकृत समाजवादीका सोडारीले २१ वैशाखमै विश्वासको मत लिने तयारी गरेका थिए । तर, एमालेले विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेश सभाको बैठक अनिश्चितकाललाई स्थगित गरिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?