युवा वर्ष जनता रविचित्र माविमा सूचनाकाे चलखेल र लोकतन्त्र विषयक वक्तृत्वकला प्रतियोगीता सम्पन्न

अर्घाखाँची । मंगलवार युवा वर्ष जनता रविचित्र माध्यामिक विद्यालय सन्धिर्खकमा आफैँ बाट सुरु गरौँ,मिथ्या सुचना अन्त्य गरौँ भन्ने नाराका साथ सुचनाको चलखेल र लोकतन्त्र शिर्षकमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ ।

प्रतियोगितामा बोल्ने प्रतिस्पर्धी सहभागी विद्यार्थीहरुले सुचनाको चलखेल सामाजिक संजाल लगायत विभिन्न मिडियामा पर्याप्त मात्रमा देखीने भएकोले यस्ता मिथ्या सूचना फैलिनबाट रोक्ने उपाय, मिथ्या सूचना फैलिन नदिन युवा,विद्यार्थीले गर्नुपर्ने भुमिका लगायतका विषय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानध्यापक टेकराज आर्चायले सुचनाको चलखेल र लोकतन्त्र विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रमले विद्यार्थीको अन्तरनिहीत क्षमतालाई प्रस्फुटन गर्न, अध्ययन गर्ने बानीको विकास सगै सचेतना फैलाउन महत्वपूर्ण भुमिका खेलेको भन्दै आयोजकलाई धन्यवाद ब्यक्त गरे । सुचनाको हकलाई संविधानले मौलिक हकको रुपमा राखेको ले प्रत्येक नागरिकले सहि सुचना पाउनु पर्ने बताए । पछिल्लो समय लोकतन्त्रको नाममा गलत र भ्रामक सु्चना सामाजिक संजालमा बढदो सुचना प्राविधि संगै विकृर्षित हुदै गएकोले हामी सवै यस कुरामा सचेत हुनु पर्ने जोड दिए ।

प्रतियोगीता बाट प्रथम भएका आयुुष थापाले अहिलेको समयमा गलत र तथ्यहिन सुचनाहरु प्रकाशन गर्ने तथा प्रसारण गर्नाले समाजमा विभिन्न किसिमका विकृतिहरु फैलिरहेको छ जस्ले गर्दा अविश्वास, भ्रम र गलत निर्णय लिने जस्ता समस्याहरु सिर्जना भैरहेकोले लोकतन्त्रको परिभाषामा खलल पुगेको छ यसलाई न्यूनिकरण गर्नको लागी हामी आफै लाग्नु पर्ने बताएका थिए ।

प्रतियोगीतामा ५ जना सहभागीहरु मध्ये आयुष थापा प्रथम, विवेक बन्जाडे द्धितिय र सिता विक तृतिय भएका थिए । तिनै जना उत्कृष्ट सहभागीलाई नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विद्यालयका शिक्षक मदन आर्चाय, बोमलाल चौहान, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य बावुराम रसाईली, कोसेली मिडियाका संचालक विराट पहारी लगायतको अतिथ्यता रहेको थियो । प्रतियोगीतामा विद्यालयमका प्रधानध्यपक टेकराज आर्चायको अध्यक्षता र सागर परियारको सहजिकरणमा संपन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?