कांग्रेसले आजको सदनमा रविलाई अवरोध नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले रास्वपा सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ।

आज बिहान बसेको संसदीय दलको बैठकले कुनै पनि दललाई निषेध गर्न नसकिने भएकाले रास्वपा सभापतिको हैसियतमा लामिछानेलाई संसदमा सम्बोधन गर्न दिने निर्णय भएको सांसद रामहरि खतिवडाले जानकारी दिए।

सहकारीको रकम हिनामिनामा लामिछानेको नाम जोडिएपछि कांग्रेसले हिउँदे अधिवेसनमा उनलाई बोल्न पनि दिएको थियो। यस बिषयमा भने आज केही लचक भएको हो। यद्यपि लामिछानेमाथि संसदीय छानविनको माग भने यथावत् छ।

बोल्न दिए पनि लामिछानेमाथि छानविनका लागि समिति नबनेसम्म संसदका अरू कारबाही भने अघि बढ्न नदिने अडान कायमै राखेको छ।

गृमन्त्रीमाथि सहकारी ठगीका प्रमाण बलिया बन्दै गएकाले आफ्नो मागबाट पछि नहट्ने खतिवडाको भनाइ छ। संघीय संसदको बजेट अधिवेशन आज सुरु हुँदैछ। दुवै सदनको बैठक दिउँसो २ बजे बोलाइएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?