मौसम सुधार हुँदै : आज पहाडी भेगमा आंशिक बदली

काठमाण्डौ । मौसम सुधार हुँदै गएको छ । गएको हप्ता आइतवारदेखि देशका धेरैजसो ठाउँमा पानी परेको थियो भने यो हप्ताको शुरुमा पनि बदली र वर्षा भएको छ । आज काठमाण्डौ उपत्यकामा बिहानैदेखि घाम लागेको छ । तर देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली छ ।

कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन, हुरीबतास र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । बाँकी अरु ठाउँमा मौसम क्रमिक सुधार हुँदै सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गोविन्द झाकाअनुसार अबको तीन दिन मौसम यस्तै हुने अनुमान छ ।

मौसम विज्ञान विभागले आउँदो मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरेको छ । यस्तै न्यूनतम तापक्रम देशका धेरैजसो ठाउँमा औसतभन्दा केहि धेरै हुने अनुमान गरिएको छ । यसैअनुसार पूर्वतयारीमा जुट्न मौसमविद्को आग्रह छ ।

साधारणतया जुनदेखि सेप्टेम्बरसम्मको चार महिनालाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ । यही अवधिमा नेपालमा वार्षिक वर्षाको झण्डै ८० प्रतिशत वर्षा हुने गर्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?