मौसम सुधार हुँदै : आज पहाडी भेगमा आंशिक बदली

काठमाण्डौ । मौसम सुधार हुँदै गएको छ । गएको हप्ता आइतवारदेखि देशका धेरैजसो ठाउँमा पानी परेको थियो भने यो हप्ताको शुरुमा पनि बदली र वर्षा भएको छ । आज काठमाण्डौ उपत्यकामा बिहानैदेखि घाम लागेको छ । तर देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली छ ।

कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन, हुरीबतास र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । बाँकी अरु ठाउँमा मौसम क्रमिक सुधार हुँदै सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गोविन्द झाकाअनुसार अबको तीन दिन मौसम यस्तै हुने अनुमान छ ।

मौसम विज्ञान विभागले आउँदो मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरेको छ । यस्तै न्यूनतम तापक्रम देशका धेरैजसो ठाउँमा औसतभन्दा केहि धेरै हुने अनुमान गरिएको छ । यसैअनुसार पूर्वतयारीमा जुट्न मौसमविद्को आग्रह छ ।

साधारणतया जुनदेखि सेप्टेम्बरसम्मको चार महिनालाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ । यही अवधिमा नेपालमा वार्षिक वर्षाको झण्डै ८० प्रतिशत वर्षा हुने गर्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?