सर्वोच्चमा अब अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने

काठमाडौं । सर्वोच्च अदालतमा अब अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने भएको छ।

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले मंगलबार अनलाइन मुद्दा दर्ता प्रणाली तथा पेसीको सूचना स्वचालित रुपमा पठाउने प्रणालीको शुभारम्भ गरेका हुन्।

सर्वोच्चमा दर्ता हुने मुद्दाहरू हालसम्म कागजी रुपमा प्राप्त गरी कर्मचारीहरूबाट दर्ता प्रक्रिया अगाडि बढाउने गरिएको छ। अब अनलाइनमा समेत मुद्दा दर्ता गर्न सकिने गरी अनलाइन मुद्दा दर्ता प्रणाली विकास गरिएको र यसमा पहिलो चरणमा रिट निवेदनहरू अनलाइन मार्फत् दर्ता गर्न सकिनेछ।

यसलाई क्रमशः: सर्वोच्च अदालतका अन्य प्रकृतिको मुद्दा तथा अन्य अदालतहरूमा समेत विस्तार गर्ने लक्ष्य रहेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए। मुद्दाको पेसी समेत स्वचिलत रुपमा पठाउने प्रणाली पनि शुभारम्भ गरिएको छ।

अदालतहरूमा मुद्दा दर्ता भएपश्चात् मुद्दाका पक्षहरूलाई पेशीको सूचना पठाउनुपर्ने हुन्छ। यस्तो सूचना हाल कागजी रुपमा पठाउने गरिएकोमा यसलाई समेत प्रणाली मार्फत नै व्यवस्थापन गर्न पेशीको सूचना स्वचालित रुपमा प्रणाली मार्फत पठाउने प्रणाली विकास गरि प्रयोगमा ल्याइएको अदालत प्रशासनले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?