किशोरी हिंसा न्युनिकरण गर्न आत्मरक्षा तालिम

अर्घाखाँची,          बालीका तथा किशोरीहरु माथीको बढ्दो हिंसा न्युनिकरण गर्न अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले किशोरी आत्मरक्षा सम्बन्धी तालिमको सुरुवात गरेको छ ।

यौनजन्य तथा विभिन्न प्रकारका घटनाबाट किशोरीहरु कसरी सुरक्षित रहने र त्यस्ता घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले छत्रदेव वडा नम्बर ४ केरुङगाको शारदा माध्यमिक विद्यालयमा ७ दिने आत्मरक्षा सम्बन्धी तालिमको सुरुवात गरीएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिए ।


किशोरीमाथि शारीरिक तथा मानसिक रुपमा हुने गरेका विभिन्न घटनाबाट सुरक्षित रहनका लागि तालिम प्रभावकारी हुने अपेक्षा गरीएको छ । गाउँपालिका भित्र रहेका माध्यमिक बिद्यालयमा अध्ययनरत छात्रा बिद्यार्थिहरु लाई लक्षितगरी तालिमको थालनी गरीएको सहायक महिला विकास निरीक्षक शारदा विकले जानकारी दिए ।

किशोरीमाथि कुनैपनी समयमा हुनसक्ने बलत्कार प्रयास,शारीरीक तथा मानसिक हिंसा लगायतको अबस्थामा स्वयंलेनै आत्मरक्षा गर्न सकोस् भन्ने उद्देश्यले तेक्वान्दो कराते जस्ता सिपको विकास गर्नेगरी तालिम सञ्चालन गरीएको छ ।
किशोरीमाथि शारीरिक तथा मानसिक रुपमा हुने गरेका विभिन्न घटनाबाट सुरक्षित रहनका लागि यो तालिम प्रभावकारी हुने गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए।

गाउँपालिकाको महिला बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा सुरुभएको ७ दिने तालिम जेठ १२ गते सम्म संचालन हुने शाखा प्रमुख शारदा बिकले जानकारी दिइन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?