कतारमा भव्यताका साथ मनाइयो बुद्ध जयन्ती

दोहा, कतार : शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६८औं जन्म जयन्ती कतारमा भव्यरूपमा मनाइएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) र नेपाल आदिवासी जनजाति महासंघ, कतारको समन्वयमा कतारमा स्थापित विभिन्न ९१ संघसंस्थाको संयुक्त आयोजनामा बुद्ध जयन्ती मनाइएको हो । संघका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा नेपाली दूतावासमा शुक्रबार बिहान बुद्ध जयन्ती मनाइएको हो ।

धर्म गुरुहरू बेन्दे लामा, सिर्कु मनाङथेन तामाङ, चन्द्र लामा, सूर्यमान तामाङ, अनिता लामा र पुष्पा लामाले मोवम मन्त्रसँगै त्रियुगा बन्धन गरेपश्चात राष्ट्रिय गानसहित कार्यक्रमको शुभारम्भ गरिएको थियो । गुरुहरूले बुद्धको जन्म जयन्ती, बुद्धत्व प्राप्त, बुद्धपदा निर्वाण, त्रियुग संहारका बारेमा व्याख्या समेत गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य दिने वक्ताहरूले बुद्ध जयन्तीको समयमा मात्रै नभइ बुद्धको सन्देशलाई सबैले सदैव अनुसरण गर्नुपर्ने बताए । विश्वसामु नेपाललाई चिनाउने विभूति पञ्चशीलतालाई अनुसरण गरेमा देशमा भइरहेका अशान्ति, हत्या, हिंसाको अन्त्य भइ मुलुक शान्ति र सत्मार्ग तिर उन्मुख हुने विश्वास वक्ताहरूले व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि ढकालले बुद्ध सन्देशलाई अनुसरण गर्दै अगाडि बढ्नका लागि प्रेरित हौं भन्ने शुभेच्छा प्रकट गरेका थिए । विचार, दर्शन र व्यवहार सँगसँगै हिँडाउन सक्ने मानिस सफल हुने बताउँदै बुद्धका गुणहरू अनुसरण गर्न आग्रह गरे । बुद्ध सबै धर्मावलम्बीका साझा अनुयायी रहेको बताउँदै मानिसहरू अहिंसाको बाटो हिँड्न चुकिरहेको उनको भनाइ थियो । बुद्ध धर्मको अनुयायी हुनु र अनुयायी बन्नु बीच फरक रहेको बताउँदै नेपालमा केही शक्ति ॐ शब्द सीमित समुदाय र जातको रहेको भन्दै हटाउन लागिपरेकोप्रति सचेत गराउँदै आस्थावानहरु संवेदनशील रहन आग्रह गरे ।

कार्यक्रमको समापन गर्दै सभापति भट्टले बुद्धको देशमा जन्मिएका हामी नेपाली शान्तिका दूत रहेको बताए । उनले बुद्धका वाणी व्यवहारिक रुपमा अनुसरण गरी भाइचाराको भूमिका निर्वाह गर्न आग्रह गर्दै भारतले बुद्धमाथि अतिक्रमण गरी गलत प्रचार प्रसार गरेको बताउँदै सचेत रहनुपर्ने धारणा राखेका थिए । कतारका अग्रज, बुद्घिजिवी लगायतको बाक्लो उपस्थिति रहेको कार्यक्रममा जीवन योग प्रयोगशाला दोहा कतारका तर्फबाट योगसम्बन्धी ध्यान योग गराइएको थियो ।

कृष्ण पन्थीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमका बारेमा जनजाति महासंघका अध्यक्ष डियन मगरले प्रष्ट पारेका थिए । जनजाति महासंघ कतारका महासचिव हरि महतोले सहजीकरण गरेको कार्यक्रममा नेपाल मगर संघ शाखा कतार, तमु (गुरुङ) समाज कतार, नेपाल प्रवासी तामाङ समाज, शेर्पा किदुगं दोहा कतार र थारु कल्याणकारी सभा कतार च्याप्टर तथा नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले पूजा अर्चनाको व्यवस्था गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सन्ध्या अर्याल
लेखकको बारेमा

सन्ध्या अर्याल

अर्याल समाचारपोष्ट डटकमकी कतार ब्युरो प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?