मुस्लिम संघको स्थापमा दिवसमा मदरसाका बिद्यार्थीलाई स्टेसनरी सहित खाद्यान्न वितरण

हलिम खान /रुपन्देही । नेपाल मुस्लिम संघको १६ औं स्थापना दिवसको अवसरमा मदरसामा अध्यनरत बिद्यार्थी हरुलाई स्टेसनरी सहित खाद्यान्न वितरण गरिएको छ ।

नेपाल मुस्लिम संघले आज देशभर आफ्नो १६ औं स्थापना दिवस विभिन्न सामाजिक कार्यहरु गर्दै मनाई रहेको छ ।

यसैबिच मुस्लिम संघ लुम्बिनी प्रदेशले पनि उक्त स्थापना दिवसलाई रुपन्देहीको बुटवलमा रहेको रजा-ए मुस्तफा जामे मस्जिदमा करिब ३० जना बिद्यार्थीहरुलाई अत्यावश्यक स्टेसनरी समानहरु सहित खाद्यान्न वितरण गरेको प्रदेश सचिव सबर मियाँले बताएका छ्न ।

खाद्यान्न वितरण कार्यक्रममा मुस्लिम संघका केन्द्रिय उपाध्यक्ष अहमद हुसेन , केन्द्रिय सदस्य सफातुल्लाह मुसलमान , लुम्बिनी प्रदेश उपसभापति सम्सुदिन मियाँ संघका नेता रजप मियाँ , मस्जिदका मौलाना मदरसाका शिक्षक लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम लुम्बिनी प्रदेशका सभापति जाकिर हुसेनको अध्यक्षता र सचिव सबर मियाको संचालनमा सम्पन्न भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?